लाेपाेन्मुख नगदकाे एक सेट फ्रेमसहित नव छात्राेदय पुस्तकालयहरू हस्तान्तरण
साउन ९, २०८२, शुक्रबार | विहान ११:३७ बजे | 260
नेपाल मुद्रा संघ भक्तपुरका संयाेजक, केन्द्रीय आजिवन सदस्य एवं समाजसेवी श्याम (बसी) श्रेष्ठले आज श्रावण ९ गते शुक्रबार लाेपाेन्मुख नगदकाे एक सेट फ्रेमसहित नव छात्राेदय पुस्तकालयहरू हस्तान्तरण गरेकाे छ । नेपाल राष्ट्र बैकले विभिन्न समयमा निकालेकाे राजा बिरेन्द्रकाे फाेटाे सहितकाे नाेटहरू १, २, ५, १०, २०, ५०, १००, ५०० र १००० काे एक सेट पुस्तकालका पदाधिकारीहरू समक्ष हस्तान्तरण गरेकाे हाे । साे अवसरमा संयाेजक श्रेष्ठले नगदकाे ईतिहासदेखि बर्तमान अवस्थासम्मकाे बारेमा जानकारी दिनुहुँदै राजा अंकिट नाेटहरू राष्ट्र बैकले नछापेकाे अवस्थामा अहिलेका तथा आगामी युवा पुरस्ताले त्यस्ता नाेटहरूका बारे थाहा नहुने भएकाेले यस किसिमकाे संग्रह तथा संकलनले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयाे । फ्रेम सहितकाे नगद संकलन ग्रहण गर्नुहुँदै पुरस्कालयका अध्यक्ष जगनाथ थापा श्रेष्ठले सहयाेगले पक्कै पनि महत्वपुर्ण भुमिका खेल्ने भन्दै सहयाेग सामाग्रीलाई सबैले देख्ने ठाउँ राख्ने र सहयाेगका लागि धन्यवादज्ञापन समेत गर्नु भएकाे थियाे ।
