कमलविनायकको कालोपत्रे सडक भासियो
साउन ६, २०८२, मङ्गलबार | राति ०७:२३ बजे | 335
भक्तपुर । भक्तपुरको कमलविनायकको सडक मंगलबार भासिएको छ । तुमचोबाट कमलविनायक जाने सडक खण्ड भासिएको हो । सडक भासिएपछि त्यहाँंको आवतजावत बन्द भएको छ । नगर प्रहरी तथा अन्य कर्मचारीहरु पुगेर निरीक्षण गरिएको थियो । नेपाल विद्युत प्राधिकरणले भूमिगत तार बिछ्याउने क्रममा जथाभावी सडक खन्दा सडक भासिएको जनाइएको छ ।
