भक्तपुर बार चुनावः कुन पाटीबाट कोको भए उम्मेदबार ? कसले मार्ला बाजी ? 


साउन ५, २०८२, सोमबार | विहान ११:४४ बजे | 375


भक्तपुर बार चुनावः कुन पाटीबाट कोको भए उम्मेदबार ? कसले मार्ला बाजी ? 

भक्तपुर । नेपाल बार एशोसियसन भक्तपुर जिल्ला अदालत इकाईको निर्वाचनमा नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डिएलए दुई समूहमा विभाजित भइ उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर बारको नयाँ नेतृत्वका लागि आगामी साउन १० गते शनिवार निर्वाचन हुँदैंछ ।
भक्तपुरको बार निर्वाचनमा डिएलएबाट अध्यक्षमा रामसुन्दर खाईतुको प्यानलले आधिकारिकरुपमा उम्मेदवारी दर्ता गराएका छन भने अर्को समूहले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) निकटका कानून व्यवसायीसँग गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन । बार निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नमकिपा) समर्थित कानून व्यवसायीहरुले भने छुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।
डिएलएको आधिकारिक प्यानलबाट अध्यक्षमा रामसुन्दर खाइतु, उपाध्यक्षका प्रियकुमार थापा, सचिवमा अनिश सुवाल, कोषाध्यक्षमा शेषांश गिरी र सहसचिवमा निर्मला सुवाल उम्मेदवार छन् ।
यस्तै डिएलएको विद्रोही प्यानलको अध्यक्षमा सुरोजकुमार तुछें, उपाध्यक्षमा शम्भु दाहाल, सचिवमा रामभक्त सुवाल, कोषाध्यक्षमा सुमन श्रेष्ठ र सहसचिवमा रीता कार्की खत्री उम्मेदवार छन् ।
नेमकिपा समर्थित कानून व्यवसायीबाट अध्यक्षमा गम्भीरमान ज्याख्व अध्यक्ष र महेन्द्र खायमलीले कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । तीन वटै प्यानलले सदस्यहरुमा पनि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । 
भक्तपुर बारमा डिएलएको वर्चश्व रहेको छ । तर डिएलएभित्रको आन्तरिक शक्ति संघर्षले भक्तपुर बारमा अन्य राजनैतिक विचारधाराका कानून व्यवसायीहरु पनि बारको नेतृत्वमा पुग्ने अवसर पाउँदैं आएका छन । यसपटक पनि डिएलए भित्रको शक्ति संघर्षले बार निर्वाचनमा डिएलए दुई समूहमा विभाजन भएका छन् । डिएलएको विधान अनुसार बारको निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार चयन हुन नसके आन्तरिक निर्वाचनमार्फत उम्मेदवार छनोट गर्न सकिने व्यवस्था छ । सोही अनुसार भक्तपुर बारको उम्मेदवार चयनका लागि गत असार ३२ गते आन्तरिक निर्वाचन भएको थियो । उक्त निर्वाचनमा पराजित समूहले नेकपा एमाले र माओवादी केन्द्र निकट कानून व्यवसायीहरुसँग गठबन्धन गरेको डिएलए स्रोतले जानकारी दिए ।
डिएलएको आन्तरिक निर्वाचनमा बारको अध्यक्षका लागि रामसुन्दर खाइतु र रामराजा कायष्ठले उम्मेदवारी दिएका थिए । जसमा खाइतु विजयी भएका थिए । उक्त परिणाम विपरित तुछेंले डिएलए इत्तरको गठबन्धन निर्माण गरेको स्रोतले बतायो ।
डिएलए भक्तपुरमा पटकपटक संस्थागत निर्णय विरुद्ध बागी उम्मेदवारी दिएता पनि विगतमा विधान बमोजिम कारवाही नहुँदा बार निर्वाचनका बेला सधैं भाँडमैलो हुने गरेको छ ।
यसपटकको निर्वाचनमा डिएलए भक्तपुरका नेताहरु नमश कार्की, भक्तपुर बारका पुर्वअध्यक्ष देवेन्द्र श्रेष्ठ, महेश श्रेष्ठ, घनश्याम जोशीलगायतले सरोजकुमार तुछेलाई समर्थन गरेको जनाइएको छ ।
यसैगरी वरिष्ठ अधिवक्ता बाबुराजा जोशी, बारका निवर्तमान अध्यक्ष रवीन्द्र प्रधान, पूर्व अध्यक्ष हरि राउत, गजेन्द्र तिमिला, विनोदराज ढुंगेललगायत आधिकारिक उम्मेदवारको पक्षमा रहेको बताइएको छ ।

Comments