सकियो सफाई कर्मचारीहरुको भेला
असार ३१, २०८२, मङ्गलबार | राति ०७:३५ बजे | 180
भक्तपुर, ३१ असार । सरसफाई सम्मानीत कार्य हो
उक्त भनाई भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिको आयोजनामा सफाई कर्मचारीहरुको भेलाका प्रमुख अतिथि नगर प्रमुख सुनिल प्रजापतिले भनपा सभाकक्षमा मंगलबार सम्पन्न कार्यक्रममा बताउनु भएको हो ।
भेलामा प्रमुख अतिथि सुनिल प्रजापतिले सफाई सबैको साझा जिम्मेवारी भएको बताउँदै सफाई मजदुरहरुले आफ्नो दायित्व पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले सबैबाट नराम्रो भनि गुनासो आए पकैपनि नराम्रो हुने भएकोले जनताको आँखा दुरबिन सरह हुने बताउनुभयो । उहाँले काम चोर नबनि समयमै सफा गरे सजिलो हुने बताउँदै विश्व सम्पदामा रहेको मठमन्दिर पाटी पौवा र पोखरीहरु समयमै सफा गर्न निर्देशन दिनुभयो । उहाँले प्रतिस्पर्धा कुलतमा नभई राम्रो काम कर्तव्य र व्यवहारमा हुने पर्ने बताउँदै कुलत त्याग्ने, कर्तव्य पालना गर्नुपर्ने, कार्यालयको निर्देशन पालना गर्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नमुना बनाउन जनतालाई दिएको बचन अनुसार जनप्रतिनिधिहरुको निर्णय कर्मचारीहरुले कार्यान्वयन गर्नुपर्ने बताउँदै जनप्रतिनिधिहरु भ्रष्ट भए कर्मचारी झन भ्रष्ट हुने भएकोले सबै इमान्दार भए संस्था राम्रो हुने बताउनुभयो । उहाँले काम जानेको छ छैन औजार समातेपछि थाहा हुने बताउँदै सीप भए काम गर्न सजिलो हुने बताउनुभयो । उहाँले समाजवादी सोभियत संघ हुँदा शारीरिक रुपमा गा¥हो कामलाई डाक्टर इन्जिनियरको भन्दा बढी पारिश्रमिक हुने बताउँदै रुसमा हरेक हप्ता स्वय्म सेवा काम भए जस्तै भक्तपुरमा पनि सहयोग, श्रमदान र पाक्षिक सरसफाई गर्दै आएको बताउनुभयो । उहाँले सहयोगी भावना र विचार राम्रो भए समाज विकास गर्न सक्ने बताउँदै नेपाल मजदुर किसान पार्टीको भावना अनुसार जनताको निःस्वार्थ सेवा गरिरहेको बताउनुभयो । उहाँले ख्वप अस्पताल नमूनाको रुपमा अगाडि बढेको निरिक्षकको क्रममा मन्त्री र उच्च पदस्थ कर्मचारीहरुले नै प्रशंसा गरेको बताउँदै ख्वप मा.बि. विना विज्ञापन कक्षा ११ मा सत्र सय भन्दा बढी भर्ना हुनुले स्थानीय निर्माणले देशकै सेवा भएको बताउनुभयो । उहाँले हरेक व्यक्तिको सफलता संघर्ष र दुखकष्टले भरिएको हुने बताउँदै सफाईमा राम्रो परिणाम आउन पूर्वजहरुले गरेको योगदान र पर्दा पछाडिका जनता र हरेक तत्वहरुको भूमिका हुने बताउनुभयो । उहाँले कुलत त्याग्नुपर्ने बताउँदै रिस नियन्त्रण गर्ने अचुक औषाधि मौनता भएको बताउनुभयो । उहाँले अनुशासन, इमान्दारीता, संस्कार, व्यवहार, शिष्टता, बोलिचालि कर्मचारीहरुको लागि महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा ५ नं वडाध्यक्ष योगेन्द्रमान विजुक्छेले सफाईका कारण भक्तपुरलाई हेर्ने दृष्टिकोण फरक भएको बताउँदै अहिलेको भक्तपुर बन्नुमा अग्रजहरुको धेरै योगदान गरेको बताउनुभयो । उहाँले सफाई तल्लो जातले गर्ने कामको रुपमा हेपाहा दृष्टिकोणले हेर्ने साथै उनीहरुको सम्पत्ति तीन बर्षमा एकचोति जफत गर्ने का.रोहितको जेलका चिठीहरुमा पढेको त्यस्तो परापूर्वकाल कालखण्ड पनि रहको बताउँदै अहिले कल्पना पनि गर्न नसक्ने बताउनुभयो । उहाँले सेवा गर्नेको सबैको प्रशंसा पाउने बताउँदै सरसफाई गौरब गर्ने कार्य भएको बताउनुभयो । उहाँले समय परिवर्तन महत्वपूर्ण कुरा नभउको बरु सफाई उत्कृष्ट बनाउनु महत्वपूर्ण काम हो भन्नुभयो । अटोमिक हावित अर्थात सुश्म बानी २१ दिन राम्रो काम गरे त्यहि बानी पर्ने विज्ञहरुको भनाई उद्धृत गर्दे हामीले पनि फोहर छुट्याई संकलन गर्ने बानी बसाल्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा निमित्त श्यानिटेशन उपशाखा प्रमुख वडानिरिक्षक रामकृष्ण प्रजापतिले सरसफाईलाई प्रभावकारी बनाउन फोहर छुट्याउनु पर्नाका कारणहरु र नछुट्याएपछि पर्ने प्रभाव बारे बताउँदै सफाई कर्मचारीको समय बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म र दिउँसो १०ः०० बजेदेखि २ः०० बजेसम्म गर्ने र फोहर छुट्याई ट्राई साइकलबाट फोहर संकलन गर्ने भएकोले सफाई कर्मचारीको गाडाबाट घरघरको फोहर नलिने गरी यहि साउन १५ गतेदेखि लागु गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा ८ नं वडाध्यक्ष कृष्ण प्रसाद कोजू, ४ नं वडाध्यक्ष उपेन्द्र सुवाल र वातावरण समितिका सदस्य मन्जुमैया लाखाले पनि बोल्नु भएको थियो ।
.png)