बाेदेमा हरियाली र साैन्दर्यकरण अभियान शुभारम्भ
असार २९, २०८२, आइतबार | राति ०८:४६ बजे | 210
मध्यपुर थिमि, असार २९ गते । मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बाेदेमा हरिियाली र साैन्दर्यकरण अभियान शुभारम्भ भएकाे छ । बाेदेकाे सम्पदा पदमार्ग वरिपरि हरियाली र वातावरण मैत्री बनाउने, स्वबासी बस्ती भित्रकाे सम्पदा स्थलहरुमा साैन्दर्यकरण गर्ने उदेश्यले बृक्षाराेपन र फुलका विरुवाहरु राेप्ने कार्य शुरु गरिएका छन ।
वडा नं ८ बादेकाे आयाेजनामा आ.व. २०८१/८२ काे वडा स्तरीय वजेटमा विनियोजित कार्यक्रम अन्तरगत जेठ महिनाकाे तेस्रो हप्ताबाट तयारी गरि थालनी गरिएको हरियाली र साैन्दर्यकरण अभियानकाे वडा अध्यक्ष रमेश थापा श्रेष्ठले असार २३ गते एक समाराेका विच सम्पदा मार्गमा पैयुकाे बाेट राेप्नु भै अभियान शुरु गर्नु भयाे । सम्पदा मार्ग वरिपरि पर्यावरणीय सुधार, प्राकृतिक साैन्दर्य वृद्धि र वातावरण मैत्री बनाउने उदेश्यले हरियाली अभियानकाे थालनी गरिएको अध्यक्ष रमेश थापा श्रेष्ठले बताउनु भयाे ।
वडा नं. ८ का प्राविधिक सब ईन्जिनियर रत्नेश्वरी श्रेष्ठका अनुसार वडा कार्यालय बाेदेकाे लागतमा नेप्सेम्याक्ससंग प्राविधिक परामर्श लिएर याे बर्ष सम्पदा मार्ग वरिपरि साँस्कृतिक सम्पदासंग सम्बन्धित नेवाहरुकाे स्थानीय जात्रा, चाड पर्व, जन्म मृत्यु संस्कारलाई आवश्यक पर्ने पैयु, निगालाे, कपुर, काईयाे, कल्की, नासपाती लगायत विभिन्न जातका १५० वटा ४ फिट अग्लाे बाेट बिरुवा राेपिएकाे थियाे । यस्तै बाेदेकाे खाँसी, द्याेबु, लाछी क्षेत्रका पुराना स्वबासी क्षेत्र भित्रका सम्पदा स्थलहरुमा विभिन्न जातका ६० वटा फुलहरुकाे गमला राखिएको थियाे ।
बाेदे क्षेत्रमा हरियाली र साैन्दर्यकरण अभियानमा याे प्रारम्भिक शरुवात मात्रै हाे, याे थालनी सफल भएमा प्रत्येक बर्ष अभियानका रुपमा आगामी बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिईने जानकारी वडा सदस्य सुरेन्द्र था श्रेष्ठले बताउनु भयाे । बाेदेकाे नछुटाेल, लाछी, दुवाटाेल लगायत क्षेत्रहरुमा स्थानीय बासिन्दाहरुले निजी खर्चमै घर आगन, टाेलमा फुलका बाेट विरुवाहरु लगाएर साैन्दर्यकरण गरि रहेका छन । यस्तै थालनी बाेदेका अरु टाेलहरुमा पनि स्थानीय बासिन्दाहरु अनुकरण गरेर शुरु गर्नु पर्ने, वडा कार्यालयले लगाएकाे बाेट विरुवा, फुलका बाेटहरु हुर्काउने रेखदेख गर्ने र संरक्षण कार्यमा स्थानीय जनता तथा वडाबासीहरुले जिम्मेवार भै सकारात्मक भुमिका निभाउन बाेदे वडा कार्यालयले अपिल गरेका छन ।