वक्तृत्वकला प्रतियोगितामा भाग लिने प्रतियोगीहरूलाई अभिमुखिकरण तालिम
असार २८, २०८२, शनिबार | राति १०:०१ बजे | 345
शनिबार वक्तृत्वकला प्रतियोगितामा भाग लिने प्रतियोगीहरूलाई अभिमुखिकरण तालिम दिईयो । मुनि विहारका भिक्षु छन्दधम्मो (उत्तम भन्ते)को सभापतित्वमा कार्यक्रमको उद्घाटन सभापति भिक्षु छन्दधम्मोले गर्नु भयो ।
नेपालमण्डल वक्तृत्वकलाका मूः गुथिका अध्यक्ष बिस्सन्तर शाक्य र बौद्ध विद्वान कृष्णकुमार प्रजापति प्रशिक्षण दिनुभयो । मुनि विहार बौद्ध परियत्ति केन्द्रका सह-केन्द्राध्यक्ष बिद्या शाक्यले स्वागत र सभापतिबाट धन्यवाद दिई सम्पन्न गरियो । नेपालमण्डल व्यापी बौद्ध वक्तृत्वकला पर्व बु.सं.२५६९, प्रतियोगिता यहीँ २०८२ श्रावण ३ गते शनिबार हुनेछ .
