चाँगुनारायण नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेशकाे लहर


असार २८, २०८२, शनिबार | दिउँसो १२:४३ बजे | 580


चाँगुनारायण नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेशकाे लहर

चाँगुनारायण नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेशकाे लहर चलेकाे छ ।
शनिवार चा.न.पा. वडा ८ काे कार्यालयकाे उद्घाटन गर्न आयाेजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १५० जना राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । नव प्रवेशीहरूलाई केन्द्रिय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य हरि ढकालले पार्टीको ब्याज लगाएर स्वागत गर्नुभयाे । कार्यक्रममा केन्द्रिय सदस्य प्रमिला कुलुजु, जिल्ला सभापती रामेश्वर बस्नेत, युवा नेता साजन विश्वकर्मा, जिल्ला समितिका पदाधिकारी तथा सदस्य, चार वटै नगर समितिका सभापति लगायताकाे उत्साहजनक सहभागी रहेकाे चाँगुनारायण नगर समिति सभापती रोशन थापाले जानकारी गराए 

Comments