आज ज्योति मगर जडिबुटी महोत्सवमा आउने
असार २७, २०८२, शुक्रबार | विहान १०:१७ बजे | 200
भक्तपुर, असार
जडीबुटी मनोहर लोकन्थलीमा आयोजना भइरहेको कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२ मा नेपालका चर्चित कलाकारहरूको सहभागिता रहने भएको छ । महोत्सव असार १३ गतेदेखि २९ गतेसम्म जडीबुटी सिद्धार्थ पेट्रोल पम्प पछाडि, भक्तपुरमा सञ्चालन भइरहेको छ ।
महोत्सवको विशेष आकर्षणको रूपमा असार २७ गते लोकप्रिय गायिका ज्योति मगरको विशेष प्रस्तुति रहने जानकारी दिइएको छ । साथै, महोत्सवमा भोजपुरी गायिका सोनु कुस्मी, गायक राजेन्द्र गिरी (गुन्दुके), प्रताप हुमागाईं ‘झुले’, मनोज गोखाली, गीता गिरी र उदयोजक इन्द्र विन्दास सहितका कलाकारहरूको धमाकेदार प्रस्तुति रहनेछ ।
यस महोत्सवको व्यवस्थापन लालीगुराँस क्रिएशन मिडिया नेपालले गरिरहेको छ भने मेला संयोजक तथा उपाध्यक्ष रोशन श्रेष्ठले महोत्सवबारे जानकारी दिनुभएको छ ।
विशेष सहयोगमा मनोहर नगर समाज, मध्यपुर थिमि न.पा.–१ रहेको यस महोत्सवमा दर्शकले रु. १०० तिरेर प्रवेश पाउनेछन् ।
आयोजक औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले कृषिमा आधारित संस्कृति, व्यापार र मनोरञ्जनलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको जनाएको छ ।