विजयध्वज थापाको नयाँ गीत ‘पिउँदै नशा नयनको’ बजारमा
असार २७, २०८२, शुक्रबार | विहान ०७:३६ बजे | 325
जयराम बिडारी
गीत,कविता, मुक्तक, नियात्रा लेखनका क्षेत्रमा दर्जनौं पुस्तक प्रकाशन गरिसकेका चर्चित साहित्यकार विजयध्वज थापाद्वारा लेखिएको नयाँ गीत ‘पिउँदै नशा नयनको’ सार्वजनिक गरिएको छ । प्रशिद्ध गायक मुरलीधरको स्वर र सञ्जय खड्गीको संगीत रहेको उक्त नयाँ गीतलाई यही असार २६ गतेका दिन इमेज एफ एम ९७.९ बाट सार्वजनिकिकरण गरिएको हो । संगीत पारखीहरुका लागि गजल शैलीमा तैयार पारि गाइएको यस गीतलाई रचनाकार थापा भने चारु भन्न रुचाउँछन् ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानको अध्यक्ष समेत रहेका साहित्यकार /गीतकार थापाका यस अघि पनि धेरै गीतहरु सार्वजनिक भइसकेको छन् भने अन्य धेरै गीत रेकर्डिङको क्रममा रहेकोसमेत बताइएको छ । उनका गीतहरुमा नेपाली सांगीतिक क्षेत्रका सुप्रशिद्ध गायक गायिका तथा संगीतकारहरुले आवाज भरेर अनि संगीत दिएर चर्चाको शिखरमा पुर्याएका पाइन्छ । उनका गीतहरुमा मुरलीधर, आनन्द कार्की,रामकृष्ण ढकाल, राजेश पायल राई, शिशिर योगी, प्रमोद खरेल मेलिना राई, सत्यराज आचार्य, स्वरुपराज आचार्य , अन्जु पन्त, शिव परियार, सिने गुरूङ, विष्णु चेम्जोङ, सिमा सङ्ग्रौला,सरिता शाही , आदिले स्वर दिएका छन् । भने न्हु बज्राचार्य , राजु सिंह रामहरि कपाली, सन्जय खड्गी, विजयध्वज थापा तथा कीर्ति नेउपाने जस्ता मूर्धन्य संगीतकारहरुले संगीत भरेका छन् । रामकृष्ण ढकाल र अन्जु पन्तले गाएका उनका गीतहरु माया मायाको जीवन र रारामा तिमिलाई देखें , फेवामा तिमीलाई देखे, टल्केको सीत झर्दा सीत भित्र तिमीलाई देखें जस्ता गीतहरु यस अघिनै निक्कै चर्चित रहेका पाइन्छन् भने स्वदेशप्रतिको समर्पण भावले ओतप्रोत भएको मेरो देश बोलाई रहेछ … र हिम् शिखरमा विश्वमा पहिलो जलभण्डार नेपाल जस्ता चर्चित स्वदेशगानको परिचर्चा व्यापक रुपमा रहेको पाइन्छ ।
