जेसिस मनहरुले जेसीज् प्रांगनमा मनायो गुरुपूर्णिमा 


असार २६, २०८२, बिहीबार | राति १०:२८ बजे | 195


जेसिस मनहरुले जेसीज् प्रांगनमा मनायो गुरुपूर्णिमा 

भक्तपुर । गुरु पूर्णिमा २०८२ को अवसरमा जेसीआई भक्तपुर, जेसीआई भक्तपुर लेडी, जेसीआई भक्तपुर जुनियर र जेसीआई भक्तपुर लेडी जुनियरको संयुक्त आयोजनामा विहीबार भक्तपुरको जेसिस् स्कुलमा गुरु पूर्णिमा मनाइएको छ । 
कार्यक्रम अन्तरक्रियात्मकसमेत भएको थियो । त्यस क्रममा जेसिआई भक्तपुरको अध्यक्ष वर्ष २०२५ को परमेश्वर जोशीले नेतृत्व विकासको एक समृद्ध र उदाहरणीय इतिहास बोकेको संस्थाले जहिल्यै मार्गदर्शन, आशीर्वाद र प्रेरणालाई उच्च मूल्य दिने बताए । त्यस अवसरमा उनले सबै गुरु र वरिष्ठप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । 
सोहीे अवसरमा जेसिआई भक्तपुर लेडीका अध्यक्ष जेसी सरु शिल्पकारले अनुभव, सम्झना र भविष्यका केही योजना आदानप्रदान गर्नु साँच्चिकै अर्थपूर्ण रहेको बताइन् । यहाँंहरुको मार्गनिर्देशन हाम्रो लागि अमूल्य सम्पत्ति हो, उनले थपिन् । 
गुरुपूर्णिमाका साथै इन्टरनेशलन ह्युमन ड्युटिजे डेको अवसर पारेर कार्यक्रम गरिएको थियो । कार्यक्रममा जेसिआईका पूर्व अग्रजहरुकोवीचमा सौहार्दपूर्ण छलफल चलेको थियो ।  
 

Comments