नगदेशका साँस्कृति गुरुको भक्तबहादुर घजुको निधनले साँस्कृतिक क्षेत्रमा अपुरणिय क्षति
असार २६, २०८२, बिहीबार | राति ०९:३९ बजे | 255
मध्यपुर थिमी स्थित नगदेशका संस्कृति गुरु एंव महाकाली नाचका गुरु भक्त बहादुर घजूको निधनले भक्तपुरको सास्कृतिक क्षेत्रमा अपुरणिय क्षति पुर्याएको छ । विगतम लामो समयदेखि महाकालि नाच लागएत विभिन्न परम्परागत नाचहरुमा जीवन समर्पण गर्दै घजुले सस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपुर्ण योगदान पुर्याउनु भएका घजूको निधन भक्तपुरको कला र संस्कृतिक क्षेत्रमा अपुणिय क्षेति पुयाएको सस्कृतिविदहरुको भनाई छ । १९९१ साल कार्तिक १९ गते नगदेशमा जन्मनु भएको घजुको २०८2असार २२ गते असामयिक निधन भएको हो । उहाँ मध्यपुर थिमी नगरका साँस्कृति धरोहर मध्यपुर थिमीको प्रशिद्ध महाकाली नाचका गुरु एंव विभिन्न परम्परागत बाजागाजाका प्रख्यात गुरु, नगदेश साँस्कृतिक पुचःका संस्थापक अध्यक्ष, श्री सिद्धिगणेश नित्य भजन खलः नगदेशका गुरु एंव नृत्यनाथ बासुरी खलःका गुरु हुनुहुन्थ्यो । सास्कृतिक क्षेत्रमा महत्वपुर्ण योगदान गर्नु भएका घजुले देश विदेशमा समेत आफनो गुरुत्व प्रदान गरि साँकृतिक नाच एंव बाद्यबादनको प्रशिक्षण दिइसक्नु भएको छ । उहा ९१ बर्षको उमेरमा आफनो भौतिक शरिर त्याग गरि देहावसान हुन भएको छ । घजु ले ६ बर्षको उमेरमा बाद्यवादन प्रशिक्षण लिइ नृत्य समेत सिकेर २२ बर्षको उमेर देखि नै प्रशिक्षण दिन थाल्नु भएको उहाँको पारिवारले जानकारी दिएका छन । मध्यपुर थिमी नगदेशमा बुवा जीतलाल घजु र माता शिरकुमारी घजुको कोखवाट १९९१ सालमा जन्मनु भएका घजु सानै उमेरमै भजन, बाद्यबादन र नृत्यमा निपुर्ण भइ सवैलाई प्रशिक्षण दिई सास्कृतिक गुरुको रुपमा पहिचान बनाउन सफल हुनु भएको थियो ।
