सकियो गुरु पुर्णिमाको विशेष कार्यक्रम


असार २६, २०८२, बिहीबार | साँझ ०५:१० बजे | 185


सकियो गुरु पुर्णिमाको विशेष कार्यक्रम

भक्तपुर । गुरु पुर्णिमा, पावन दिनको शुभ अवसरमा भक्तपुर जिल्लाकै प्रथम योग तथा प्राकृतिक चिकित्सालय बाराही पीठमा योग सम्बन्धि एक विशेष कार्यक्रम सम्पन्न भयो । बि.सं. २०४१ सालमा यो केन्द्र भक्तपुर जिल्ला कार्यालयमा बिधिवत दर्ता गरी संचालन भई आएको एक पवित्र संस्था हो ।
सनातन पुरुष स्वामी शच्चीदानन्द विशुध्ददेवज्यू द्वारा प्रतिपादित – मस्तिष्कमा समजदारी । काँडमा जिम्मेवारी ।। हृदयमा इमानदारी ।।। भन्ने मूल मन्त्रलाई आत्मसात गरी वहाँलेनै तयार गर्नु भएको चरित्र–विज्ञान नामक पवित्र ग्रन्थको आधारमा २०५० सालदेखि यहाँ योग–अभ्यास लगायत मानव उपयोगी विभिन्न कार्यक्रमहरु संचालन भई आएको छ । स्वामी विशुध्यदेवज्यूबाट दिक्षित प्रथम शिश्य परमहंस स्वामी कल्याणमित्रज्यूले पनि बेलाबेलामा यहाँ योग ध्यान कार्यक्रम संचालन गरी आउनु भएको छ । यस केन्द्रबाट हजारौं ब्यक्तिहरुले योग–प्राकृतिक उपचार सेवा प्राप्त गरी सक्नु भएको छ ।यहाँबाट प्रदान गरिएको योग र प्राकृतिक चिकित्साबाट धेरै ब्यक्तिहरुले अनेकौं रोगहरुबाट मुक्त भई स्वास्थ्य लाभ गरी सक्नु भएको छ । 
आज संचालित विशेष कार्यक्रममा  यसै संस्थाका संस्थापकहरु मध्ये दुई जना – १) बिक्रम भक्त देउबन्जार 
२) योग गुरु प्राकृतिक चिकित्सक डा. इन्दुल के.सी.ले महत्वपुर्ण विषयहरुमा प्रकास पार्नु भयो । श्री बिक्रम देउबन्जार ज्यूले यस संस्थाको विविध पक्षका गतिविधिहरुमा प्रकास पार्नु भयो । डा. इन्दुल के.सी. ज्यूले आजको पावन दिनको संदर्भमा ः– 
“गुरु ब्रम्हा , गुरुर बिष्णु , गुरुदेवो महेश्वर ।
गुरु– साक्षात् परम ब्रम्हा तस्मै श्री गुरुवे नमः।”
यस श्लोकको ब्याख्या गरी गुरुको महिमा बारे प्रकास पार्नु भयो । साथै योगले शारिरीक मानसिक र आध्यात्मिक विकास हुने बारे पनि प्रकास पार्नु भयो ।
यस कार्यक्रममा योग प्रशिक्षार्थी श्री निरोज जोशी , श्री माहेश्वरी धौभडेल तथा श्री पशुपति होराज्यूले यहाँ आफुहरुले प्राप्त गरेको योगको सैधान्तिक एवं ब्यवहारिक ज्ञान र शीपले आफुहरुलाई धेरै फाईदा भएको अनुभव सुनाउनु भयो । अन्तमा यस संस्थाको भावी कार्यक्रमहरु बारे पनि विचार विमर्श भएको थियो ।


    
 

Comments