साउन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नको लागी तयारी गर्न निर्देशन


असार २६, २०८२, बिहीबार | साँझ ०४:५७ बजे | 185


साउन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नको लागी तयारी गर्न निर्देशन

नेपाली काङ्ग्रेस पार्टिको नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिको संयोजक नेपाली काङ्ग्रेसको सहमहामन्त्री डिना उपाध्यायज्युको प्रमुख आतिथ्यमा नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष ,अधिवेशन संयोजक कृष्णजी खड्काज्यु एवं काठमाडौंको दश (१०)ओटै क्षेत्रको सभापतिहरुसङ्ग जिल्ला अधिवेशनको पछिल्लो गतिविधिको बारेमा छलफल भयो । छलफलमा महाधिवेशन निर्देशन समितिले दस (१०) दिन भित्र काठमाडौं जिल्ला भरी पुर्णकालिन फाराम भर्ने कार्य सम्पन्न गरि वडा अधिवेशन गर्ने र साउन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नको लागी तयारी गर्न निर्देशन दिएको छ । छलफल कार्यक्रम महाधिवेशन निर्देशन समिती सदस्य, नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य, संघीय सांसद माननीय सरिता प्रसाइज्यु , महाधिवेशन निर्देशन समितिको सदस्य ,नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य ,राष्ट्रिय सभा सदस्य माननीय जित जङ्ग बस्नेतज्यु , नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङज्युको आतिथ्य्मा सम्पन्न भएको छ ।

Comments