बिहानैदेखि राष्ट्रवादी जनसमूहहरूको ठूलो भीड काठमाडौँको निर्मल निवासतर्फ अग्रसर


असार २३, २०८२, सोमबार | विहान १०:१४ बजे | 220


बिहानैदेखि राष्ट्रवादी जनसमूहहरूको ठूलो भीड काठमाडौँको निर्मल निवासतर्फ अग्रसर

काठमाडौं । आज असार २३ गते, राजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसरमा देशभरि उत्सवमय वातावरण छ । बिहानैदेखि राष्ट्रवादी जनसमूहहरूको ठूलो भीड राजधानी काठमाडौँको निर्मल निवासतर्फ अग्रसर छ । नागरिक विद्रोह अभियानका प्रचार प्रमुख चिरञ्जीबी भटराईका अनुसार, आजको दिनलाई ऐतिहासिक बनाउने दृढ विश्वाससहित जनसागर राजा फर्काइ ल्याउने अठोटसहित सडकमा ओर्लिएको छ ।
“ृृृृृृृयो केवल जन्मोत्सव होइन, यो हाम्रो विश्वास र समर्पणको दिवस हो । आजको दिन, असार २३, इतिहास बन्छ,“ ृृभरताईले बताए ।ृ
राजालाई सम्मान गर्न देशका विभिन्न भागबाट युवा, महिला, वृद्ध, सबै वर्गका नागरिकहरू राजधानीमा भेला भएका छन् । “आफ्नो राजा, आफ्नो पहिचान“ भन्ने नारासहित उनीहरू नारा लगाउँदै निर्मल निवासतर्फको यात्रामा छन् ।
स्लोगन गुञ्जिएको छ, “असार २३, बन्छ इतिहास – राजा फर्क, आउँछ विश्वास!”
नागरिक विद्रोह अभियानका अनुसार, आजको दिन राष्ट्रियताको पुनर्जागरण, सम्प्रभुता र स्थायित्वको प्रतीक बन्नेछ ।
स्थानः निर्मल निवास, काठमाडौँ
समयः आजै दिनभर भव्य जनसहभागितासहित कार्यक्रम सञ्चालन हुने नागरिक विद्रोह अभियानले जनाएको छ ।
 

Comments