प्रदेश प्रतिमण्डलद्वारा बधाई तथा शुभकामना


असार २३, २०८२, सोमबार | विहान ०७:०९ बजे | 445


प्रदेश प्रतिमण्डलद्वारा बधाई तथा शुभकामना

आज राष्ट्रिय जेष्ठ नागरिक महासँघका नव निर्बाचित अध्यक्ष श्री सुर्य प्रसाद श्रेष्ठलाई बधाई एवम शुभकामना दिन हालैमात्र निर्बिराेध निर्बाचित भएर आउनु भएका जेष्ठ नागरिक सँघ, बागमति प्रदेशका अध्यक्ष श्री विवेन्द्र भक्त प्रधानाङ्गकाे नेट्रित्वमा प्रदेशकाे प्रतिनिधि मणडलले भेट गर्याे । भेटका क्रममा अध्यक्ष श्री प्रधानाङ्गले केन्द्र र प्रदेशकाे सम्बन्धलाई कसरी सुमधुर बनाई अगाडि बध्न सकिन्छ भन्ने बारे चर्चा गर्नु भएकाे थियाे। र नव निर्बाचित केन्द्रका पदाधिकारिहरुले आगामि दिनहरुमा प्रस्तुत गर्ने कनर्यक्रमा कसरी सहयाेग गर्न सकिन्छ भन्ने जिग्यासा राख्नु भएकाे थियाे।प्रत्युत्तरमा केन्द्रका अध्यक्ष श्री श्रेष्ठज्युले पनि प्रदेश तथा जिल्लालाई समेतेर महासँघ अगाडि बढ्ने कुरालाई स्पष्ट पार्नु भयाे। एक आपसमा सहयाेगकाे भावनालाई आत्मसात गरि हिजाेका दिनमा के भयाे वा के भएन भन्ने कुरा लाई बिर्सेर भाेलिका दिनमा हामिले के गर्न सकिन्छ भन्ने कुरालाई मनन गरि अगाडि बढ्ने प्रतिबध्दता ब्यक्त गर्नु भयाे। साे भेटघाट कार्यक्रममा प्रदेशका निर्बाचित अध्यक्षलाई केन्द्रका अध्यक्षज्युले खादा आेधाई सम्मान गर्नु भएकाे थियाे। त्यसै गरि प्रदेशले पनि केन्द्रका नवनिर्बाचित अध्यक्षलाई प्रदेशकाे तर्फबाट श्री सिध्दि बहादुर कर्माचार्यज्युले खादा आेधाई शुभकामना तथा बधाई ज्ञापन गरियाे।

Comments