नगरकोट सडकको कालोपत्रे छिटै सकिने 


असार २१, २०८२, शनिबार | राति १०:५० बजे | 365


नगरकोट सडकको कालोपत्रे छिटै सकिने 

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँंगुनारायण नगरपालिकको तीन वर्षे कार्यकालको मुख्य उपलव्धी नगरकोट सडक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जनप्रतिनिधि बहालको तीन वर्ष पूरा भएको अवसरमा चाँंगुनारायण नगरपालिकाले गरेको विकास निर्माणको प्रगतिका विषयमा पत्रकारहरुसँंग शनिबार नगरकोटमा गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । 
१२ वषदेखि कालोपत्रे हुन नसकेको भक्तपुरदेखि नगरकोटसम्मको सडक अहिले नगरपालिका आफैंले कालोपत्रे गदै आएको छ । ठेकेदारले काम पूरा गर्न नसकेपछि ठेक्का प्रक्रिया रद्ध गरिएको थियो । त्यसपछि अहिले नगरपालिकाले नै जिम्मा लिइ कालोपत्रे थालेको छ । 
कार्यक्रममा नगर प्रमुख खत्रीले केही समयभित्रै १६ किलोमिटर लामो सडकमा कालोपत्रे सम्पन्न हुने क्रममा रहेको जानकारी गराए । कालोपत्रे सकेपछि लामो समयदेखि नेपाल सरकारकै टाउको दुखाइको विषय भएको समस्या टुंगिने उनले उनले बताए । साथसाथै नगरकोट सडक नबन्दा नगरपालिकाका जनप्रतिनिधिहरुमा आइरहेको रोष पनि समाप्त हुने उनको विश्वास छ । 
कार्यक्रममा नगर उपप्रमुख रमेश बुढाथोकी, प्रमुख कार्यकारी अधिकृत मोहन श्रेष्ठ, आयोजक महासंघका अध्यक्ष सुन्दर शिल्पकार, उपाध्यक्ष हेमराज ढकाल, सहसचिव हरिसुन्दर छुंकालगायतले कार्यक्रमबारे चर्चा गरेका थिए । 
 

Comments