बधाई तथा सम्मान कfर्यक्रम सम्पन्न
असार २१, २०८२, शनिबार | राति १०:०५ बजे | 685
नागरिक जिल्ला सँघ, काभ्रे र उग्रचण्डि जेष्ठ नागरिक मञ्च, वडा नँ ४ बनेपाकाे सँयुक्त आयाेजनामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भयाे। यहि असार ६ गते हेटाैडामा सम्पन्न दाेश्राे महासभा तथा छैठाै अधिबेसनबाट सर्बसम्मति निर्बिराेध निर्बाचित अध्यक्ष तथा पदाधिकारि एवम सदश्यहरुलाई बधाई एवम सम्मान गरिएकाे थियाे।काभ्रे जेष्ठ नागरिक जिल्ला सँघ का अध्यक्ष श्री सिध्दि बहादुर कर्माचार्यकाे अध्यक्षतामा भएकाे थियाे भने कार्य क्रमकाे प्रमुख आतिथेयता वडा नँ ४ का कार्य बाहक अध्यक्ष श्री प्रेम कृष्ण श्रेष्ठले गर्नु भएकाे छ।नव निर्बाचित अध्यक्ष श्री विवेन्द्र भक्त प्रधानाङ्गलाई माेहनि र राताे सेताे काेखा तथ खाडा लगाई जिल्ला सँघका अध्यक्ष द्वारा सम्मान गरिएकाे थियाे ।यस्तै गरि अन्य पदाधिकारि तथा सदश्यहरुलाई पनि खाडा लगाई सम्मान गरियाे। मन्तब्यकाे क्रममा अध्यक्ष श्री प्रधानाङ्गले यश प्रदेश भित्रका सबै १३ जिल्लमा परदेशकाे कार्यक्रम गरि जिल्लासँग अन्तरक्रिया गरि समस्याकने पहिचान गरि सम्बन्धित निकनयसँग समन्वय गरिने प्रतिबध्दता जाहेर गर्नु भयाे।यस्तै कार्यक्रमका प्रमुख अतिथि श्री श्रेष्ठले पनि वडाबाट गर्न सकिने यथा सहयाेग गर्ने छु भन्ने वचन दिनु भएकाे छ। कार्यक्रम पछि नव निर्बाचित पदाधिकारि एवम सदश्यहरुकाे सम्मानमा दिवा भाेजकाे आयाेजना पनि गरिएकाे थियाे
Bibendra
दिवा भाेज पछि सँघकाे दाेश्राे कार्य समितिकाे बैठक साेहि पार्टि भेन्युमा बसि छ जना सदश्य तथा दुई जना सल्लहाकारकाे पनि मनाेनित गरियाे। मनाेनित हुनेहरुमा नुवाकाेट बाट श्री अच्युट उप्रेती भक्तपुरबाट श्री कल्पना बाेयजु काठमाण्डाैबाट श्री ध्रुब चन्द्र थापा ललितपुरबाट श्री श्याम बहादुर श्रेष्ठ दाेल्खाबाट श्री सीता के शि र काभ्रेबाट श्री रमेश काजि श्रेष्ठ हुनु भएकाे छ। त्यस्तै गरि सल्लाहाकारमा श्री अम्बिका के शि, पुर्ब बरिष्ठ उपाध्यक्ष, रा जे ना सँघ, काठमाणडाै बरिष्ठ जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धि बिज्ञ डा.लाेचना श्रेष्ठ रहनु भएकाे छ।
