ब्रम्हायणीबाट नाला जाने पुल भाँंचियोः आवतजावत बन्द
असार २१, २०८२, शनिबार | विहान ०७:५४ बजे | 495
भक्तपुर । भक्तपुर च्याम्हासिङदेखि नाला जाने रोड पुलबजारको पुल भाचिएको छ । ब्रम्हायणीदेखि नाला जाने भक्तपुर र चाँंगुनारायण नगरपालिकाको सिमाका रुपमा रहेको पुल भाँंचिएको हो । पुल भाँंचिएपछि त्यहाँंबाट आवतजावत बन्द भएको छ । त्यसकारण सवारी चलाउने महानुभाबहरुले बैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ । साथै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई चाडो भन्दा चाडो यो पुलको निर्माण कार्य थालनिको लागि अनुरोध गरिएको छ ।
तस्वीरः फेसबुकबाट
