भक्तपुर च्वङा गणेशको असारे विकास भाइरल
असार २०, २०८२, शुक्रबार | राति ०९:३७ बजे | 720
भक्तपुर । भक्तपुरको च्वङा गणेशको कालोपत्रे सडक सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । भक्तपुर नगरपालिका वडा नं १ स्थित जसी गः न्युरोड ( च्वङा गणेशदेखि नगरकोट रोड जाने) सडक भाइरल बनेको हो ।
कालोपत्रे गरेको केही दिनभित्रै सवै धुजाधुजा भएपछि विग्रेको सडक भाइरल बनेको हो । भक्तपुरको असारे विकास भन्दै सामाजिक सञ्जालमा विभिन्न टिक्काटिप्पणीहरु हुन थालेका हुन् । नेपाल इको प्यानलको कर्पोरेट अफिस अगाडिको सडककाबारेमा इन्जिनियर कृष्णभक्त दुवालले राखेको भिडियोमा दिनेश रञ्जितकारले कमेन्टमा लेखेका छन्, जुन जोगी आए पनि उस्तै । सोही भिडियोमा अर्का सुमित बाला लेख्छन्, बल्ल बल्ल पाएको छोरो पनि टाउको मात्रै ठूलो ।
उपभोक्ता समितिबाट नभई ठेक्काबाट सडक कालोपत्रे गरिएको थियो । यसअघि फराकिलो सडकको पश्चिमतिर च्वङा गणेश फेदको बाटो नेपाली सेनाको भन्दै त्यसलाई छोडेर मात्रै कालोपत्रे गर्न लगाइएको थियो ।