भक्तपुरका रवीन्द्र खत्री उपत्यका पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त
असार २०, २०८२, शुक्रबार | साँझ ०६:४० बजे | 1130
भक्तपुर । भक्तपुर गुण्डूका रवीन्द्र खत्री उपरथी दर्जामा पदोन्नति भएका छन् । खत्रीलाई प्रधान सेनापति अशोकराज सिग्देलले शुक्रबार दज्र्यानी चिह्न प्रदान गरे । जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दज्र्यानी चिह्न प्रदान गरिएको हो ।
आषाढ १३ गतेको निर्णय अनुसार पदोन्नतिसँगै उपरथी खत्री उपत्यका पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
ईगल थिङ्क ट्याङ्कका प्रबन्ध निर्देशक तथा पूर्व सैनिक सहचारी अवकाशप्राप्त ब्रिगेडियर जनरल रामचन्द्र खत्रीका अनुसार पदोन्नति पाएका उपरथी खत्री भारतबाट उच्च आर्मी पेशागत तालिम एनडीसी प्राप्त व्यक्तित्व पनि हुन् । उनी नेपाली सेनाका नीति तथा योजना सम्बन्धी विषयका मास्टर माइण्ड मानिन्छन् । उपरथी खत्रीको मातृ युनिट गोरखबहादुर बटालियन हो ।
