जन्मदिन होस् त रविन्स लामाको जस्तो  


असार २०, २०८२, शुक्रबार | दिउँसो ०३:५८ बजे | 235


जन्मदिन होस् त रविन्स लामाको जस्तो  

भक्तपुर, असार २०
भक्तपुरको सिपाडोलका समाजसेवी रविन्स लामाले आफनो जन्मदिन शुक्रबार भक्तपुरका क्यान्सर रोगीसँंग मनाएका छन् । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका लामाले आफनो ५२ औं जन्म दिन भक्तपुर क्यान्सर अस्पताल दूधपाटी भक्तपुरका विरामीहरुलाई निःशुल्क खानाको वन्दोवस्त गरी मनाएका हुन् । 
लामाले त्यहाँं उपचाररत झण्डै दुई सय जना विरामीहरुलाई निःशुल्क खानाको व्यवस्था मिलाइदिएका थिए । अस्पतालकै क्यान्टिनमा पैसा तिरिदिएर लामाले आफनो जन्मदिन मनाएका हुन् । साथै सवैजनालाई एक लिटरको एउटाएउटा पानी पनि उनले निःशुल्क वितरण गरे । 
यसअघि लामा सम्पूर्ण विरामीहरुसँंग पनि सुस्वास्थ्यको कामना गरी भेटघाट गर्न गएका थिए । उनको साथमा अस्पतालका निमित कार्यकारी निर्देशक डा उज्ज्वल चालिसे, अस्पतालका प्रशाशन प्रमुख राजाराम तजले, अस्पतालका नसिग विभाग प्रमुख लक्ष्मी श्रेष्ठ, समाजसेवी प्रेमध्वज लामा, विशाल लामा, अस्पतालका भरतबाबु जोशीलगायतका व्यक्तित्वहरु पनि विरामीसंगको भेटघाटमा पुगेका थिए । यसअघि औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रममा समाजसेवी लामाले आफूले सकेको सहयोग जन्मदिनको अवसरमा गरेको बताए । उनले उपचाररत विरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेर थप सहयोग आवश्यक भए आफू तयार रहेको बताएका थिए । 
कार्यक्रममा अस्पतालका निमित कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले सहयोगका लागि धन्यवाद् ज्ञापन गरे । उनले भविष्यमा पनि विरामीको सहयोगको लागि आशा व्यक्त गरे । 
 

Comments