भार्वाचोमा मासु पसल अनुगमन


असार २०, २०८२, शुक्रबार | दिउँसो ०१:५६ बजे | 120


भार्वाचोमा मासु पसल अनुगमन

भक्तपुर, २० असार । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्रीको नेतृत्वमा शुक्रबार भार्वाचोमा मासु पसल अनुगमन गर्यो । 
अनुगमनमा जे.एस.चिकेन सप्लायर्स नविकरण गर्न, एप्रोन सेतो प्रयोग गर्न, धेरै पुरानो विलविजक प्रयोग भएकोले भ्याट तथा प्यान विल आर्थिक बर्ष अनुसार सुरु १ देखि चलाउनुपर्ने, तराजु नापतौल विभागमा नविकरण गर्न, फ्रिज निभाउने र बाल्ने गर्दा     मासु विग्रने भएकोले एकनासले कम तापक्रममा संचालन गर्न र फ्रिज भित्र राखी राखेको विग्रेको मासु २२ केजि ९०० ग्राम जफत गरि नष्ट गरिएको श्यानिटेशन उपशाखाका निमित्त प्रमुख वडानिरिक्षक रामकृष्ण प्रजापतिले बतायो । 
त्यस्तै भार्वाचो मासु पसलमा सरसफाईमा ध्यान दिन, मुल्य सुचि राख्न, जिपलक प्लाष्टिक व्यागमा राखेर मात्र फ्रिजमा मासु राख्न, बासी विग्रेको मासु फ्रेस मासुसंगै फ्रिजमा नराख्न र छुट्टै राख्न, कुखुरा र रा“गोको मासुसंगै राखेर नबेच्न र छुट्टाछुट्टै राखेर विक्रिवितरण गर्न र मासु खुल्ला रुपमा धुलो र झिंगा भन्किने गरी राखेको पाइएकोले जालीले छोपेर राख्न वा सिसाको बासक बनाएर सुरक्षितकासाथ राख्न निर्देशन दियो ।  
 त्यस्तै मनिता मासु पसल तीन दिन भित्र दर्ता गर्न हरि मिट सप दर्ता प्रमाणपत्र पसलमा राखी राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न, पसल व्यवस्थित गर्न निर्देशन दियो । 
अनुगमन समितिका सदस्य रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशन उपशाखाका निमित्त प्रमुख व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका मालती पन्त, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक कमल कुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी थियो ।
 

Comments