लक्ष्मी थापाको गीत `यात्रा´ सार्वजनिक


असार १८, २०८२, बुधबार | राति ०७:२३ बजे | 420


लक्ष्मी थापाको गीत `यात्रा´ सार्वजनिक

लक्ष्मी थापाको गीत `यात्रा´ सार्वजनिक भएको छ ।

``जिन्दगीका केही पल तिमीले साथ दिएको भए फरक पर्थ्यो होला यो यात्रा तिमीले हात दिएको भए ´´

माथिका यी सरल शब्द तर गहन भाव व्यक्त भएका लक्ष्मी थापाका शब्दहरूलाई शास्त्रीय सङ्गीतकी प्रतिभाशाली गायिका लाबोनी चक्रवर्तीले कर्णप्रिय आवाज दिएकी छिन् । यस मार्मिक गीतमा माया गर्ने मान्छेको साथ नपाएपछि जीवनले सही यात्रा लिन नसकेको कुरा प्रस्तुत भएको छ । यस गीतमा लाबोनीप्रमोदको सङ्गीत रहेको छ भने सङ्गीत संयोजन चर्चित सङ्गीतकर्मी सचिन सिंहले गरेका छन् । मिक्सिङ मास्टरिङ प्रमोद प्रसाईको रहेको उक्त गीत अकुस्टिक नेपाल स्टुडियोमा रेकर्डिङ भएको थियो । गीतको भिडियोमा सञ्चित भण्डारी र श्री स्वास्थानीलाई देख्न सकिन्छ । यस गीतका कथा तथा निर्देशन कुवेर तामाङले गरेका छन् । भिडियोले गीतलाई न्याय गरेको छ । मार्मिक शब्दहरूले भरिएको युगयुगान्तरसम्म बाँच्ने सेमी क्लासिक यो गीतको भिडियो लाबोनीप्रमोदको अफिसियल युट्युव च्यानलबाट सर्वजनिक गरिएको छ ।

Comments