सामुदायिक रेडियोकर्मीलाई डिजिटल पत्रकारिता सम्वन्धी तालिम


असार १६, २०८२, सोमबार | राति ०८:१७ बजे | 170


सामुदायिक रेडियोकर्मीलाई डिजिटल पत्रकारिता सम्वन्धी तालिम

ललितपुर । सामुदायिक रेडियो प्रसारक संघ केन्द्रले सञ्चार मन्त्रालयको सहयोगमा सामुदायिक रेडियोकर्मीहरुका लागि मोवाइल तथा डिजिटल पत्रकारिता सम्बन्धी सोमबार ललितपुरमा तालिम दिएको छ । प्रशिक्षकहरु भुबन तिमल्सिना, प्रवेश सुवेदी र नीलप्रसाद चन्द तीनजनाले छुटाछुटै विषयमा तालिम दिएका थिए । 
तालिम समापन समारोहमा आयोजक सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोकर्मीहरुको समय सुहाउँंदो सीप विकासका लागि तालिम दिएको बताए । तालिममा काठमाडौं उपत्यकासहित अर्घाखाँंची, हुम्लालगायतका विभिन्न जिल्लाहरुमा कार्यरत सामुदायिक रेडियोकर्मीहरु सहभागी थिए । 

Comments