हम्रो चाहना परिवर्तन समाज नेपालले चेपाङमा न्यानो कपडा बाड्दै
माघ ४, २०७७, आइतबार | विहान ०७:०० बजे | 25
काठमाडौं । हाम्रो चाहना परिवर्तन समाज नेपालले आर्थिक रुपमा विपन्न तथा चेपाङहरुका लागि जाडोका न्यानो कपडा वितरण गर्ने भएको छ ।
आगामी माघ २ र ३ गते समाजले चितवन र स्याङ्जाका विभिन्न क्षेत्रमा न्यानो कपडा वितरण लागेको हो ।
आर्थिक रुपमा विपन्न रहनुभएका तथा यो जाडोमा कस्टकर जीवन यापन गर्न बाध्य वर्गलाई लक्षित गरि समाजले आफ्नो पहलमा विभिन्न दातारुको साथ र सहयोगमा न्यानो कपडा वितरण गर्न लागेको संस्थाकी अध्यक्ष कल्पना नेपालीले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण विपन्न वर्गलाई हात मुख जोर्न सम्म धौ धौ भएको छ यो अवस्थामा जाडो र चिसोका कारण लाग्ने विभिन्न रोग त्यस माथी भोक दुवै जोह गर्न दिन रात एक गर्नु पर्ने वर्गका लागि आफूहरुले न्यानो कपडा वितरण गर्न लागेको संस्थाका सचिव प्रेम लो तामाङले जानकारी दिनुभयो ।
उहाँहरुका अनुसार हाल संस्था सँग जम्मा भएको आर्थिक एवं अन्य स्रोतबाट चार सय थान हाराहारीमा न्यानो कपडाहरु वितरण गरिने जानकारी दिनुभएको छ ।