भान्छालाई औषधालय बनौँ तालिम कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न


असार १६, २०८२, सोमबार | विहान ११:३८ बजे | 290


भान्छालाई औषधालय बनौँ तालिम कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न

शुभ-कामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गतको सृजनशील वचन समूह र श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसनको समन्वयमा "भान्छालाई औषधालय बनौँ तालिम कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भयो।

औपचारिक रूपमा सुरु भएको उक्त कार्यक्रम भक्तपुर, सूर्यविनायक स्थित संस्थाको आफ्नै कार्यालय भवनमा संस्थाका वचन समूह संयोजक विजया गणेशद्वारा सञ्चालन गरिएको थियो। कार्यक्रमका सभापतित्व समूहका संयोजक बुद्ध लक्ष्मी किसी क्रमश अतिथिमा  समूहका संरक्षक श्री बाल मुकुन्द सुवाल र श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसनका संस्थापक अध्यक्ष चन्द्र हरी कायस्थ, कार्यक्रमको शुभारम्भ राष्ट्रिय गान र सहकारी आचारसंहिता  पाठ राम लक्ष्मी त्वायानाद्वारा  गरिएको थियो उक्त कार्यक्रमलाई स्वागत समूहका सल्लाहकार  रुमन श्रेष्ठद्वारा गरिएको थियो। 

आफू पातञ्जल योग समितिको योग साधक रहेको बाल मुकुन्द सुवालले मानव स्वास्थ्य भन्ने बित्तिकै व्यक्तिको आहार, विहार र विचारले प्रमुख भूमिका खेल्ने अनि आगामी दिनमा पनि यस्ता विषयमा विविध तालिमहरू निरन्तर  सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। एक विश्व एक आध्यात्मिक परिवार बनौँ भन्ने मूल भाव बोकेको फाउन्डेसनका अध्यक्ष चन्द्र हरी कायस्थले भान्छा लाई औषधालय बनाउँ स्वास्थ्य, खुसी, आनन्द, प्रेम एवं ज्ञानपूर्ण जीवन जिउ यो मन्त्र व्यक्तिको जीवनशैली हुनुपर्ने तर भान्छा पाकशाला हुनुपर्ने अहिले बधशाला भइरहेको यथा-र्थलाई पुष्टि गर्दै विविध उदाहरण दिएर मरेको खाना खाएर स्वास्थ्यको कल्पना गर्नु भनेको लास खाएर श्वासको सपना देख्नु जस्तै हो साथै भान्छा तीन प्रकारको हुने प्रकृतिको, मान्छेको र मेसिनको भान्छामा क्रमश शत प्रतिशत, ५o% र 0% मात्रै जीवन ऊर्जा यानिकी शक्ति हुने लगायत थुप्रै उदाहरणबाट पुष्टि गर्दै अन्तमा सहभागीहरूको जिज्ञासा शान्त पार्ने पनि कोसिस गर्नुभयो। कार्यक्रको अन्तमा समूहका  संयोजक एवं सभा अध्यक्ष बुद्ध लक्ष्मी किसीले धन्यवादका शब्द व्यक्त गर्दै थोरै खाए बल, धेरै खाए मल भन्ने यथार्थ ज्ञान अनुभूति भएको धारणा राख्दै,कार्यक्रमको पूर्ण समीक्षा रोस्ती श्रेष्ठ (ताल्छाभडेल)ले  गर्नुभएको थियो।
 

Comments