मध्यपुर थिमिमा पानीको जार बोक्ने गाडीमा रक्सीको बोटल ?
असार ११, २०८२, बुधबार | दिउँसो १२:३९ बजे | 185
मध्यपुर थिमि । पानीको जार बोक्ने गाडीमा लुकाएर रक्सी विक्री गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं ५ भेलांखेलबाट बुधबार पक्राउ गरेको हो । नागरिक पोशाकमा रहेका प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
पक्राउ गरिएको गाडीलाई आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरमा पठाइएको जनाइएको छ । करका लागि गाडीलाई कायालय पठाएको जनाइएको छ । यसअघि पनि यस्तै घटनाहरु भइरहेको गुनासो थियो । यही आधारमा प्रहरीबाट अनुसन्धान हुँंदै गरको जनाइएको छ ।