विपद् व्यवस्थापनका लागि ताथलीमा सहयाेग समिति गठन


असार ११, २०८२, बुधबार | विहान ११:५९ बजे | 20


विपद् व्यवस्थापनका लागि ताथलीमा सहयाेग समिति गठन

भक्तपुर । ताथलीमा विपद् व्यवस्थापनका लागि सहयोग समिति गठन गरिएको छ । वर्षायाम सुरू भएसँगै ताथलीमा हुन सक्ने विभिन्न मनसुनजन्य विपद् न्यूनीकरण, विपदबाट हुने क्षति न्यूनीकरण र विपद् पीडित परिवारलाई सहयाेगका लागि विपद् व्यवस्थापन सहयाेग उपसमिति गडन गरिएको हाे ।

साे समिति प्रगति युवा समाजले गठन गरेकाे हाे । समाजकाे बैठकले उक्त समिति गठन गरेकाे सचिव रवीन्द्र न्हेम्हाफुकीले जानकारी दिए । समिति तीन सदस्यीय रहेकाे छ । उक्त उपसमितिमा समाजका उपाध्यक्ष उत्तम साखकर्मी संयोजक र जयकृष्ण न्हेम्हाफुकी, अनिल थुयाजु सदस्य रहेका छन् ।

समितिले विपदमा परेका व्यक्ति तथा परिवारलाई विपद् व्यवस्थापन अन्तरगत आवश्यक सहयाेग गर्न सहजीकरण गर्ने, वडा, नगरपालिका, प्रशासन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित संघसंस्था र निकायसँग समन्वय गर्न पहल गर्ने समाजका अध्यक्ष हरिसुन्दर छुकांले बताए ।

नगरपालिकाले चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा विपद्का विभिन्न घटना हुने पूर्व अनुमान गरेकाे अवस्थामा विपद् पूर्वकाे तयारीका साथै विपद् प्रतिकार्यका लागि उपसमिति गठन गरेकाे समाजले जनाएको छ । समाजका अध्यक्ष छुकांले उक्त समिति तथा समाजले विपदकाे जाेखिम न्यूनीकरणका लागि वडा, नगरपालिका, रेडक्रस, विद्यालय, सहकारी, टाेल विकास संस्थासँग सहकार्य गर्नेछ ।

नगरपालिकाले ताथलीमा बाढी, पहिराे, डुवानकाे जाेखिम रहेको जनाएको छ । समितिले विपद् जाेखिम न्यूनीकरणका लागि सचेततामूलक गतिविधि पनि गर्नेछ ।

Comments