छैठाै बार्षिक साधारण सभा सम्पन्न
असार १०, २०८२, मङ्गलबार | राति १०:२२ बजे | 20
जेष्ठ नागरिक सँघ, बागमति प्रदेशकाे छैठाै महासभा तथा अधिबेशन हेटाैडामा सम्पन्न भयाे। महिला बाल बालिका,अपाँग तथा जेष्ठ नागरिक मँत्रालय, महा शाखा प्रमुख श्री अमृत अधिकारी ज्युकाे प्रमुख आतिथ्उतामा भएकाे थियाे ।
सभामा सँघका महा सचिब श्री रघुनाथ शर्माले सँघकाे बार्षिक प्रतिबेदन तथा काेषाध्यक्षश्री बुध्दि प्रसाद उपाध्याय पाैडेलले सँघकाे आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएकाे थियाे । सभाकाे दाेश्राे सत्र निर्बाचनकाे प्रकृया राष्ट्रिय जेष्ठ नागरिक महासँघबाट प्रतिनिधित्व गर्न हुने काेषाध्यक्ष श्री केदार तिमिल्सिनाज्युले समन्वय गर्नु भई निर्बाचित पदाधिकारि तथा सदश्यहरुलाई सपथ ग्रहण गराउनु भयाे ।उक्त सभाबाट सर्ब सम्मतिमा अध्यक्षमा श्री विवेन्द्र भक्त प्रधानाङ्ग निर्बाचित हुनु भयाे भने अन्य पदाधिकारि तथा सदश्यहरुमा क्रमस: उपाध्यक्षमा श्री अम्बर बहादुर पण्डित,महासचिब श्री केशब प्रसाद सँजेल,काेषाध्यक्ष श्री रेशम लाल श्रैष्ठ,सचिबमा श्री बिमला पिया श्रेष्ठ सह काेषाध्यक्षमा श्रीकृष्ण प्रसाद पाैडेल हुनु भएकाे छ भने सदश्य हरुमा श्री गँगा देवी काेईराला तिवाडी, श्री राम नाथ याेगि तथा श्री याेगेश्वर अर्याल निर्बचित हुनु भएकाे थियाे । यसकाे साथै आगमि दिन हरुमा पनि सँघले विभिन्न कार्यक्रमहरु गरि जेष्ठ नागरिकहरुकाे हक हितमा सकृय भएर लाग्ने प्रतिबध्दता ब्यक्त गर्नु भएकाे थियाे।