श्रमिक साप्ताहिकको अन्तरक्रिया
माघ ३, २०७७, शनिबार | विहान ०४:४१ बजे | 45
भक्तपुर । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको अयोजनमा श्रमिक साप्ताहिक बर्ष २७ अंक ५२, २ माघ २०७७ को अन्तरक्रिया कार्यक्रम जुमबाट शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायण बहादुर दुवालले अन्तरक्रियाले कार्यकर्ताको स्तर बृद्धि हुनुका साथै ४७ औं पार्टी स्थापना दिवस जनवर्गिय संगठनको सहभागीतामा गर्न निर्देशन दिनुभयो । उहा“ले कार्यकर्ताले अध्ययन गरेको अरुलाई बताउन नसकेसम्म तयारी गर्नुपर्ने, त्याग, तपस्या र समपर्णको भावना विकास माओ लगायत जीवनी अध्ययनबाट हुने बताउनुभयो । उहा“ले व्यक्तिगत र पारिवारिक स्वार्थलाई त्यागी देश र जनताको सेवा र योगदानको निम्ति प्रथामिकताका साथ तयार हुने पर्ने बताउ“दै सहयोग र बलिदान अन्तरक्रियाबाट विकास हुने बताउनुभयो । उहा“ले पार्टी र संगठनलाई प्रथामिकता दिने संस्कार विकास गर्न आवश्यक भएको बताउ“दै आफ्नो नजिक छरछिमेक, टोल र बाह्या जिल्लामा गई संगठन विस्तार गर्न निर्देशन दिनुभयो ।
कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष संजय मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उहा“ले श्रमिकको सम्पादकीयमा रहेको संविधान, राजनीति र वर्ग शिर्षकमा र भेनेजुयलाको संसदीय निर्वाचन ल्याटिन अमेरिकाको साम्राज्यवाद विरोधी आन्दोलनको महत्वपूर्ण विजय भन्ने शिर्षकमा, सचिब रामकृष्ण प्रजापतिले सिद्धान्तहीन एकता र दूई अध्यक्षको परिरणम भन्ने शिर्षकमा, कृष्ण बहादुर प्रजापतिले नया“ शैक्षिक चिन्तन भन्ने शिर्षकमा, कृष्णगोपाल गाईजूले मुखमा राम राम बगलीमा छुरा भने शिर्षकमा, राम छुस्याकीले नेकपा भित्रको विवाद र राजनीतिक संस्कार र रहकारी र सहकारीकार्मी एक छलफल भने शिर्षकमा र अनिल न्हेम्हाफुकीले नेकपाको आन्तरिक झगडा झन् झन् प्रष्ट हु“दै भने एकक्षण बारे अन्तरक्रियामा आ–आफ्नो धारणा राख्नु भएको थियो ।