विद्यालय योग शिक्षा कार्यक्रम लागु गर्ने पहिलो नगरपालिका चाँगु बन्दै


असार ८, २०८२, आइतबार | साँझ ०४:२८ बजे | 60


विद्यालय योग शिक्षा कार्यक्रम लागु गर्ने पहिलो नगरपालिका चाँगु बन्दै

जनस्वास्थ्य कार्यालय भक्तपुरले पातञ्जल योग समिति नेपालको समन्वयमा चाँगुनारायण नगरपालिकाका नीजि विद्यालयका शिक्षकलाई योग उत्प्रेरणा सम्बन्धि योग प्रशिक्षण तालिम प्रदान गरेको छ ।

हरेक दिन प्रार्थनाको समयमा विद्यार्थीहरुले प्रयोग गर्ने गरि शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले नगरपालिकाको स्वीकृतमा तय गरेका साझा योग प्याकेजमा चाँगुनारायण नगरपालिका भित्र नीजि विद्यालयका शिक्षकलाई प्रशिक्षण प्रदान गरिएको पातञ्जल योग समिति नेपालका वरिष्ठ उपाध्यक्ष नबराज काफ्लेले अवगत गराए । त्यसैगरि चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विद्यालयसँग जोडिएको यस कार्यक्रमलाई सामुहिकताको प्रयत्नबाट मात्रै दिघो हुन सक्ने औल्याउँदै प्रमुख खत्रीले यस कार्यको विशेष संयोजन गरि तदारुकताका साथ कार्यन्वयनमा ल्याउन उल्लेखनीय योगदान पुरयाउने संघसंस्थालाई धन्यवाद ज्ञापन गरेका छन् ।

पातञ्जल योग समिति नेपालका अध्यक्ष बालमुकुन्द सुवालले आवाश्यक बजेटको प्रबन्ध मिलाई स्वास्थ्य सँग योगलाई जोडी विद्यालय योग शिक्षा कार्यक्रम लागु गर्न खेलेको प्रशंसनीय कदम प्रति खुशी व्यक्त गर्र्दै आगामी दिनमा पनि पातञ्जल योग समिति नेपालको पुर्ण साथ र सहयोग रहने उल्लेख गरेका छन् । चाँगुनरायण नगरपालिका नगर शिक्षा शाखा प्रमुख जनार्दन रिजालले नगर भित्रका विद्यालयमा प्रशिक्षित प्याकेज कार्यन्वयनमा ल्याउन सहभागी शिक्षकहरुलाई अनुरोध गर्दै सो विषयमा नगरपालिकाबाट निरन्तर अनुगमन गरिने उल्लेख गरेका छन् । जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अन्जना खड्काले वर्तमान अवस्थामा मानव स्वास्थ्यको लागि योग अपरिहार्य रहेको उल्लेख गर्र्दै आगामी दिनमा यस कार्यालयले योगजागरणका कार्यक्रमलाई उच्च प्राथमिकता राखेको बताईन । चाँगुनारायण नगरपालिकाको हेलमेट डाँडाँ स्थिति नगरसभा हलमा ३ दिन सम्म चलेको योग प्रशिक्षण कार्यको प्रमुख प्रशिक्षणमा डा क्षितिज बराकोटी,डा.आनन्द गैरे,डा.शर्मिला सुनुवार र पातञ्जल योग समिति नेपालका वरिष्ठ उपाध्यक्ष नबराज काफ्लेले भुमिका रहेको जनस्वास्थ्य कार्यलय भक्तपुरका शाखा अधिकृत दिपक आछामीले अवगत गराए ।

Comments