भक्तपुरको ज्ञानमाला भजन अध्ययन प्रतिवेदन २०७७ (प्रथम खण्ड) प्रकाशित


माघ ३, २०७७, शनिबार | विहान ०४:३४ बजे | 65


भक्तपुर । भक्तपुरको ज्ञानमाला भजन अध्ययन प्रतिवेदन २०७७ (प्रथम खण्ड) यही २०७७ माघ १ गते संक्रान्ति (घिउ चाकू र्संँल्हु) को दिन प्रकाशित भएको छ । यस अध्ययन प्रतिवेदनका अध्ययन तथा प्रतिवेदन प्रस्तोता एवं कला सस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसीले तयार गरेको उक्त प्रतिवेदनमा भक्तपुर नगर क्षेत्रभित्र रहेका १ दीपंकर ज्ञानमाला भजन खलः क्वाठण्डौ, २ जेलाँं ज्ञानमाला भजन खल जेँंला, ३ चतुब्रम्ह ज्ञानमाला भजन खल साकोठा, ४ लोकेश्वर ज्ञानमाला भजन खल इटाछें, ५ आनन्दभूमि भजन मण्डल गोल्मढी, ६ पुलांस ज्ञानमाला भजन खल टेखाचो, ७ तथागत ज्ञानमाला भजन खल तिनांछँें र ८ वाँंचुहिटी ज्ञानमाला भजन खल च्याम्हासिंहको स्थापनाकालदेखि हालसम्मको गतिविधिहरु यस प्रतिवेदनमा समावेश गरिएका छन् ।
यस अध्ययनको निष्कर्षमा १ धर्म, कला, संस्कृतिको जर्गेना गर्न सञ्चालन भइरहेको भजन खलहरुलाई राज्यका विभिन्न निकायहरुबाट आवश्यक आर्थिक सहयोग भइरहेको पाइएन । २ युवा वर्गलाई भजनकीर्तन कला र्सस्कृतिमा आकर्षित गर्न विभिन्न प्रकारको प्रभाबकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । ३ यी भजन खलहरुकोवीचमा आपसी सहयोग र सम्वन्ध बढाउने खालका कार्यक्रमहरु सञ्चालन हुनु आवश्यक देखिन्छ । ४ यो अध्ययन प्रतिवेदनमा समावेश हुन नसकेको अन्य विविध कुराहरुको पनि विस्तृत अध्ययन अनुसन्धान हुनु जरुरी देखिन्छ । ५ भजन कार्यक्रम स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि पनि आकर्षित गर्ने एउटा महत्वपूर्ण पक्ष हो । यसैले स्थानीय तथा केन्द्रिय सरकार विभिन्न सामाजिक, साहित्यिक कला संस्कृतिसँंग सम्वन्धित संघ संस्थाहरु र भजनमण्डलहरु र भक्तजनहरुबाट आवश्यक सहयोग प्रदान हुनुपर्ने देखिन्छ ।
पर्यटकहरुको आगमनबाट स्थानीय निकाय तथा व्यापारी वर्गहरुको लागि आर्थिक फाइदा पनि हुने देखिन्छ ।
यस प्रतिवेदन अध्ययनकर्ता डा इन्दुल केसीज्युले गत वर्ष  २०७६ सालमा भक्तपुरमा सञ्चालन भइ आएका १ नौबाजा भजन, २ दाफा भजन, ३ ढल्चा भजन तथा ४ श्रीकृष्णका विभिन्न लीलाहरुको वर्णण गरिएका रास भजनहरु समेत २९ वटा भजन मण्डलहरुबारे यस्तै प्रकारको अध्ययन अनुसन्धान गरी प्रतिवेदन प्रकाशित गर्नुभएको थियो ।

Comments