जीवनका चुनौतिलाई दुःख ठान्नु हुँदैन -प्रा डा रमेश आचार्य


असार ७, २०८२, शनिबार | राति ०७:५८ बजे | 90


जीवनका चुनौतिलाई दुःख ठान्नु हुँदैन -प्रा डा रमेश आचार्य

काठमाडौँ- समाजका बिबिध विषयलाई लक्षित गर्दै बिचारको चिन्तन र मन्थन गरिने ‘चिन्तन चौतारी’ कार्यक्रमको तेह्रौं शृङ्खला सम्पन्न भएको छ। शनिवार पिस बैंकेट जोरपाटीमा आयोजित कार्यक्रम काठमाडौँ उत्तर पुर्बी भेगका किशोर, युबा र सामाजिक - ब्याबसायिक- प्रतिष्ठित व्यक्तित्वरूको भव्य उपस्थितिका बिच सम्पन्न भएको हो ।

कार्यक्रमको विशेष अतिथिका रूपमा सामाजिक उत्तरदाइत्वमा आफुलाई अब्बल साबित गरि सकेका प्राध्यापक चिकित्सक रमेश आचार्य थिए । सहजकर्ताको रुपमा त्रि बि शिक्षण अस्पतालका चिकित्सक युरोलोजी तथा किड्नी ट्रान्सप्लाण्ट विभागका पबनराज चालिसेले सिन्धुलीको बालापन, काठमाडौँको आगमन र संघर्ष अनि ४ दशक देखि यसै भूगोलमा समर्पित स्वास्थ सेवा, स्थाई बसोबास लगायत जीवन, जगत्, स्वास्थ सेवाका चुनौती, सफलता र जीवन दर्शन सम्बन्धि विविध पक्षहरूमा संबार्ता गरेका थिए। उक्त कार्यक्रममा श्रोताको प्रत्यक्ष सहभागिताको रुपमा प्रश्नोत्तर सत्र पनि रहेको थियो। दर्शक दीर्घाबाट उठेका जिज्ञासामूलक प्रश्नहरूलाई डाक्टर आचार्यले आफ्नो बौद्धिक, तार्किक तथा अनुभवको कशिले खारिएको उत्तर मार्फत सम्बोधन गरेका थिए। स्वास्थ क्षेत्रका चिन्ता, चासो अनि बिबिध जिम्मेवारी बहन गर्दाका चुनौती र उत्प्रेरणा एबम र जीवनका विविध पक्षमाथि केन्द्रित संवादले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। स्वास्थ सम्बन्धि ३ वटा पुस्तकका सर्जक डाक्टर आचार्यले अ हे बको रुपमा सुरु गरेको स्वास्थ सेवा, करियर छान्नको अलमलले छोटो समय पढेको इंजीनियरिंग अद्ययनको प्रसन्ग सम्झिदै चिकित्सा सास्त्र अध्ययनको बेलामा भोगेको आर्थिक चुनौति, मिहिनेत र अवशरबारे आफ्नो भोगाइ सुनाउनु भयो। सरकारी अस्पतालमा लाग्ने भिड र सिमित स्वास्थ कर्मीको सेवाको उदाहरण दिएर देशमा बिधमान हर क्षेत्रका बेथिति तर्फ इन्गित गर्दै भन्नु भयो, "बेथिति भित्रको थिति छ चिकित्सा क्षेत्रमा ।" हर पेशामा सेवा भावको कमी बढ़्दै गएको हो कि भन्ने चिन्ता पोख्दै नयाँ पुस्ताले ब्यबहारिक ज्ञान र सेवा भाव सँगसँगै बोकेर अगाडि बढ्न आग्रह गर्नुभयो। जीवनका चुनौतिलाई दुःख नमानी मिहिनेत साथ सत्प्रयास गरेर नै आफुले सन्तुष्टि प्रप्त गरेको निष्कर्ष सुनाउदै समाजमा बढिरहेको दीर्घ रोगको बिरुद्दमा खानपान र ब्यायामको सचेतना अपनाउन सुझाब दिनु भयो। ‘चिन्तन चौतारी’मा उद्धब रायमाझी, अवन्ती बराल, अच्युत चिन्तन, माधव खनाल, रमेश प्रसाद खनाल आदिले अन्तर्क्रिया मार्फत गहकिला प्रश्न र प्रसन्ग राखेर कार्यक्रममा थप ओज प्रदान गरेका थिए।

Comments