मुनि विहारमा बुद्ध शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न
असार ७, २०८२, शनिबार | विहान ०९:३४ बजे | 70
भक्तपुर । मुनि विहार इनाचो भक्तपुरमा शनिबार विशेष बुद्ध शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अरुबेला स्थानीय भन्तेहरुबाटै सामान्य बौद्ध शिक्षा प्रशिक्षण हुने गरेकोमा शनिबार बौद्ध विद्धान बसन्त महर्जनबाट विशेष प्रशिक्षण भएको हो । प्रत्येक शनिबार शनिबार विहान विहारमा बौद्ध शिक्षा प्रशिक्षण कार्यक्रम चल्दै आएको मुनि विहार व्यवस्थापन समितिका सचिव शिव वालाले बताए ।