थिमिमा एक हप्ते नेतृत्व विकास तालिम सुरु
असार ६, २०८२, शुक्रबार | साँझ ०६:२५ बजे | 60
सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ को युवाक्लब एवं थिमि जेसिजको संयुक्त आयोजनामा एक हप्ते नेतृत्व विकास एवं उद्घोषण तालिम सुरु भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ युवा क्लबकी अध्इक्ष प्रजिता श्रेष्ठको सभापतित्वमा भएको उक्त तालिम उद्घाटन गर्दै मथिनपा ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले तालिम कार्यक्रमको उद्घाटन गर्दै नेतृत्व विकास तालिम प्रत्येक व्यक्तिको लागि महत्वपूर्ण हुने बताउनु भयो । वडाध्यक्ष श्रेष्ठले भविष्यका कर्णाधार अनि वर्तमानको साझेदार युवा वर्गको व्यक्तित्व र नेतृत्व विकास मार्फत सिप विकास गर्दै आयआर्जन बढाउन सकिने धारणा राख्नुभयो । कार्यक्रममा मथिनपा ४ कि महिला नसस रामकेशरी श्रेष्ठ र शिक्षक सागर गुरागाईंले तालिममा सिकेको सिप र ज्ञान व्यवहारमा लागु गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमकी सभापति एवं थिमि जेसिजकी अध्यक्ष समेत रहेकी प्रजिता श्रेष्ठले एक हप्ते उद्घोषण एवं नेतृत्व विकास तालिमको उद्देश्य र महत्व बारे प्रकाश पार्दै युवाहरुको क्षमता अभिवृद्धि मार्फत नेतृत्व विकास गर्न तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । दिया श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त तालिम उद्घाटन कार्यक्रममा मध्यपुर थिमि नपा वडा नं. ४ युवाक्लबका सदस्य एवं स्थानीय बासिन्दाहरुले सैद्धान्तिक एवं व्यवहारिक तालिम लिइरहेको आयोजकले जानकारी दिएका छन् । मथिनपा वडा नं. ४ को आर्थिक सहयोगमा उक्त तालिम आयोजना गरिएको मथिनपा ४ युवाक्लबकी अध्यक्ष प्रजिता श्रेष्ठले जानकारी दिनुभयो ।
