मध्यपुर थिमिको राधेराधेमा सुनामी


असार ६, २०८२, शुक्रबार | साँझ ०५:५५ बजे | 85


मध्यपुर थिमिको राधेराधेमा सुनामी

भक्तपुर । भक्तपुरको राधेराधे नजिक शुक्रबारबाट फिस टनेल एक्स्पो २०८२’ सुरु भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं ५ को राधेराधेमा भक्तपुर फिस टनेल एक्स्पो–२०८२ सुरु भएको हो । आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले एक्स्पो ३५ दिनसम्म चल्ने जानकारी दिएका छन् । 
राधेराधेमा रहेको रोयलथाई हस्पिटालिटीसँंगको खुल्ला ठाउँंमा सुरु भएको एक्स्पोको शुक्रबार संघीय सांसद दुर्लभ थापाले एक समारोहवीच उदघाटन गरे । त्यस अवसरमा उनले एक्स्पोको अवालेकन पनि गरेका थिए ।  
‘फिस टनेल एक्स्पो २०८२’मा सुनामी राइड नेपालमा पहिलो पटक परीक्षण गरिएको हो । सामुन्द्रिक सुनामी कै अनुभूति हुने गरी राइड गर्न सकिने व्यवस्था मिलाइएको छ । एक्स्पोमा फिस टनेल, सुनामी राइडको अलवा रोटे पिङ, कोलम्बस, ड्रागन लगायतका पिङको मजा लिन सकिनेछ । 
उक्त स्थानको मुख्य आर्कषणका रुपमा रहेको फिस टनेलमा समुद्रमा पाइने १६० प्रजातिका माछा एउटै टनेलमा हेर्न पाइने व्यवस्था मिलाइएको अध्यक्ष महतले जानकारी दिए । एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछ ।

Comments