माटोभित्र ग्यासको सागर ! पाण्डेको ९ वर्षअगाडिको सपना साकार
असार ६, २०८२, शुक्रबार | साँझ ०५:३७ बजे | 25
भक्तपुर । । पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेको पहलमा सुरु गरिएको अनुसन्धानको नतिजा सार्वजनिक हुँदै जाँदा दैलेख नेपालको ऊर्जा स्रोतका रूपमा उदाउने सम्भावना देखिएको छ।
रफत सञ्चार क्लवमा आयोजित अन्तर संवाद कार्यक्रममा उद्योग मन्त्रालय सम्हालेका पाण्डेले तीनपटक दैलेखको भ्रमण गर्दै त्यहाँ लुकेको इन्धन स्रोतबारे अनुसन्धान गर्न पहल गरेका थिए। नेपालसँग तत्कालीन अवस्थामा प्राविधिक स्रोत अभाव भएकाले चीन सरकारसँग सहकार्यको प्रस्ताव राखिएको थियो। चिनियाँ विज्ञ टोलीमार्फत गरिएको प्रारम्भिक अध्ययनले पेट्रोलको सम्भावना देखाएपछि चीनले ५ अर्ब रुपैयाँ बराबरको सम्झौता गरेको थियो।
जग्गा अधिग्रहण र स्थानीय समन्वयपछि २०७३ साल वैशाख २१ गतेदेखि औपचारिक रूपमा उत्खनन प्रक्रिया अघि बढाइएको थियो भने पछिल्लो अध्ययनले दैलेखमा करिब ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको पाण्डेले बताए ।
पूर्वमन्त्री पाण्डेले रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा उक्त सफलताको अनुभव बाँड्दै भने, “यो केवल इन्धनको उत्खनन होइन, नेपालको आर्थिक क्रान्तिको सुरुवात हो। जुन सपना बोकेर अघि बढेको थिएँ, आज त्यो साकार बन्दैछ।”
उनले अन्य खनिज स्रोतको उत्खननमा सरकारको सुस्तता रहेको भन्दै गुनासोसमेत गरे। “देशमा यत्रा खनिज छन्, तर राजनीतिक इच्छाशक्ति कमजोर भएको कारण ती प्रयोगमा आउन सकेका छैनन्,” पाण्डेले भने ।
उनका अनुसार मुस्ताङमा रहेको युरेनियम खानीसम्बन्धी पनि चीनसँग प्रारम्भिक छलफल भइसकेको छ। यस्ता खनिज स्रोतको उपयोगबाट नेपालले आर्थिक आत्मनिर्भरताको बाटो समाउन सक्ने उनको भनाइ छ।
दैलेख अब केवल पर्यटन र संस्कृति मात्र होइन, ऊर्जा स्रोतका दृष्टिले पनि राष्ट्रको भविष्य निर्माणमा योगदान दिने केन्द्र बन्ने विश्वास व्यक्त गरिएको छ।
हाल सम्म निमार्ण भएका सरकार मध्ये सबै भन्दा शक्तिसालि सरकार भएता पनि तर सरकारकै क्रियाकलापका कारण राजनीतिक पार्टी र सरकारप्रति बितृष्णा जागेको बताए । उनले भने नेपालको प्रगति अव आर्थिक क्रान्ति बिना सम्भव नरको तर सरकारले यस तर्फ ध्यान दिन नसकेको उनको आरोप थियो ।
नेपालले छोटो समयमै आर्थिका पक्षमा अग्रता लिन सक्ने सम्भावना बोकेका जलश्रोत, पर्यटन , कृर्षि , खनिज सम्पदाको उपोयाग र उत्खनन् लागाएता बिषयमा लाई सरकारले पहिलो प्राथामिकतामा राखेर काम गरे नेपालको आथिएक मुहारको कायापलट हुने पाण्डेको दावि छ ।