जिल्लामा भैरहेको अधिवेशन गतिविधिलाई निरन्तर दिन र असार १५ सम्म पूर्णकालिन सदस्य बाड्न अध्यक्ष गुरुङको परिपत्र


असार ६, २०८२, शुक्रबार | दिउँसो ०२:३७ बजे | 40


जिल्लामा भैरहेको अधिवेशन गतिविधिलाई निरन्तर दिन र असार १५ सम्म पूर्णकालिन सदस्य बाड्न अध्यक्ष गुरुङको परिपत्र

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सबै जिल्ला कार्यसमितिलाई दुई बुदे परिपत्र जारी गरेका छ्न ।
अध्यक्ष गुरुङले नेपाली काङ्ग्रेस पार्टी द्वारा गठित दलको पाचौं महाधिवेशन निर्देशन समितिको निर्देशन अनुसार परिपत्र जारी गरेका हुन ।
जिल्लाको वडा ,पालिका,प्रदेश सभा क्षेत्र ,प्रतिनिधिसभा क्षेत्रमा सदस्यता लिन छुट भएकाहरुलाई ध्यानमा राखी २०८२ असार १५ गते सम्म पुर्णकालिन सदस्यता फाराम वितरण गरेपश्चात मात्र अधिवेशन गर्न जिल्ला कार्यसमितिहरुलाई अध्यक्ष गुरुङले निर्देश्न दिएका छन ।
अध्यक्ष गुरुङले नेपाली काङ्ग्रेस पार्टी र महाधिवेशन निर्देशन समितीसङ समन्वय गरि दलको पाँचौ महाधिवेशन छिट्टै सम्पन्न गर्न नेपाल तरुण दल केन्द्रीय कार्यलय देशिभरिको सम्पुर्ण जिल्लाहरुमा  क्रियाशिल भएर अभियानको रुपमा लागिरहेको जानकारी गराएका छन ।
पाँचौ महाधिवेशन अन्तर्गत जिल्लामा भैरहेका अधिवेशनको कार्यहरुलाई निरन्तरता दिन निर्देशन दिदै अध्यक्ष गुरुङले जिल्लामा नपुग आवस्यकता सदस्यता फारामहरु केन्द्रीय कार्यालयमा सम्पर्क गरि लिन जिल्ला कार्यसमितिलाई परिपत्र गरेका छन ।

Comments