पुरानो जगातीमा हरियाली अभियान सुरु


असार ५, २०८२, बिहीबार | साँझ ०५:५८ बजे | 280


पुरानो जगातीमा हरियाली अभियान सुरु

भक्तपुर । भक्तपुरको पुरानो जगातीमा हरियाली अभियान थालिएको छ । यस अन्तर्गत अरनिको राजमार्ग अन्तर्गत पुरानो जगाती प्रवेशमार्गदेखि तल पुलसम्म सडकको दुवैतिर दायाँंबायाँं विहीबार बृक्षारोपण गरिएको छ । तीन चार सय मिटर लम्वाईको दुवै सडक छेउ एक कार्यक्रमवीच झण्डै एक सय बोट विरुवाहरु रोपिएका थिए । साथै प्रवेशद्धारमा फुलको द्धार बननाउने पनि जनाइएको छ । बृक्षारोपणमा सयौं टोलबासी सक्रिय सहभागी भएका थिए । साथै छोटो सार्वजनिक कार्यक्रम पनि चलेको थियो । 
 

Comments