उदय साकोसको प्रांगण र सडक पेटीमा हरियाली प्रवर्द्धन
असार ४, २०८२, बुधबार | साँझ ०५:४२ बजे | 35
भक्तपुर, जेठ ४ । उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबार संस्थाको प्रांगण परिसर र सडक पेटीमा हरियाली प्रवर्द्धनको लागि गमला सहित वृक्षरोपण गरियो । वृक्षरोपण कार्यक्रममा नीम, ठूलो धुपी र सानो धुपी, अम्बा तथा अमला लगायतका बिरुवा ३० वटा गमला सडक पेटीमा राखेका थिए । सो वृक्षरोपण कार्यक्रममा संस्थाका संचालक, विभिन्न उपसमिति सदस्य तथा कर्मचारीको सहभागिता रह्यो ।
