मोहन बैध किरण अस्पतालबाट डिष्चार्ज
असार २, २०८२, सोमबार | राति ०९:०६ बजे | 105
काठमाडौं । नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एकमात्र जिउदो इमान्दार नेता मोहन बैद्य किरण सोमबार अस्पतालबाट डिष्चार्ज भएका छन् । उनलाई भेटन पुगेको पुराना पत्रकार विजय विस्फोटका अनुसार बैद्य डिष्चार्ज भएका हुन् । म लगायत मेरा दुई प्रिय मित्रहरु क्रमशः सुदर्शनकुमार खतिवडा र राजेन्द्र नेगी शिक्षण अस्पताल पुग्दा त्य्हा केवल वहाको अर्धाङिनी, छोरी र एक जना कमरेड गरी जम्मा तीन जना मात्र हुनुहुन्थ्यो, विस्फोटले भन्नुभयो, हामी भित्र छिर्दा वहा व्हिल चेयर माथि बस्नु भएको थियो । सायद डिस्चार्जको बेला भएकोले होला । हामीलाई देख्ने बितिकै आफ्नो बढेको श्या–स्यासङ जुध्दै भन्नुभभो –म यती बेला तपाईहरुसङ धेरै कुरा गर्न सक्दिन । यद्यपि वहाको बोली पहिलेकै जस्तै जोशिलो, कडक अनि अनुहारमा क्रान्तिको छनक उस्तै थियो ।
अस्प्ताल ल्याउदाको स्थिति भन्दा निकै बिशेक भएको परिबारले जानकारी गराउनु भयो । वहालाई स्वास्थ्य लाभको कामना व्यक्त गरेर फर्किदा एक बेगलै गौरवको अनुभुति हामीलाई महसुस भयो, विस्फोटले भने । असल, इमान्दार, नेताको खडेरी देश र जनताले महसुस गरिरहेको समयमा कमरेड किरणलाई पुर्ण स्वास्थ्यलाभ मिलोस .. सुभकामना ।
