महेश वस्नेत नहुँंदा गुण्डूको विकास रोकियोः वडा अध्यक्ष सापकोटा
असार २, २०८२, सोमबार | राति ०८:२२ बजे | 70
गुण्डू । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूका वडा अध्यक्ष रवीन्द्र सापकोटाले महेश वस्नेत सांसद् नभएपछि वडाको विकास रोकिएको बताएका छन् । सोमबार भएको वडास्तरीय सार्वजनिक सुनुवाईमा उनले संघीय र प्रदेशबाट आउने बजेट नआएकाले विकास रोकिएको बताए ।
महेश वस्नेत सांसद् हुँंदा वडामा संघीय र प्रदेशबाट करोडौ बजेट आउने गरेको तर अहिले केही लाखमा सिमित भएको उनले बताए । यही कारण वडाको विकास रोकिएको उनको भनाई थियो ।
हाम्रो एमाले पार्टीका युवा नेता महेश वस्नेत सांसद् नभएपछि मेरो आधा अधिकार कतौटी भएको महशुश गरेको छु, उनले भने, पहिलाको मेरो वडा अध्यक्षको कार्यकालमा महेश वस्नेत सांसद हुनुहुन्थ्यो तर अहिलेको दोश्रो कार्यकालमा हुनुहुन्न । यही कारण अहिलेको मेरो कार्यकालमा म शक्तिविहीन जस्तै भएको छु । पहिला जति वटा पनि विजुलीको पोल सजिलै सार्न सकिने तर अहिले एउटा पोल सार्न पनि विद्युत प्राधीकरणले लाख रुपैयाँं दस्तुर माग्दा आफूले कामै गर्न नसकेको उनले बाध्यता पोखे ।
कार्यक्रममा दर्जनौ वडाबासीहरुले प्रश्न उठाएका थिए । प्रश्नपछि वडा अध्यक्ष सापकोटाले बडाबासीको प्रश्नको जवाफ फर्काएका थिए । कार्यक्रम वडाको सभाहलमा भएको थियो ।
