पुर्वयुवराज्ञी हिमानीसँग कुनै सम्बन्ध नरहेकाे कांग्रेस नेत्री मल्लकाे स्पष्टाेति
असार २, २०८२, सोमबार | साँझ ०४:५६ बजे | 180
मुगु २ असार
नेपाली कांग्रेस मुगुकी नेत्री पूर्वयुवराज्ञी हिमानी शाह सँग आफ्नाे कुनै पनि सम्बन्ध नरहेकाे बताएकि छन् । गएकाे महिना जेठ २८ गते कांग्रेस नेतृत्व द्वारा हिमानी लाई रारामा भब्य स्वागत भन्ने शिषर्कमा एबिसिडि खवर अनलाइनमा प्रकाशित भएकाे थियाे । त्यो समाचारमा सत्यता नभएकाे बताएकि छन् ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारामा भुमि पुजा अर्थात टाटा दान गर्न रारा ताल पुगेकि हिमानी शाहलाई नेपाली कांग्रेस मुगुका महासमिति सदस्य, भुमि आयाेग मुगुकि सदस्य एबंम महिला नेत्री सुर्यदेवि मल्लले हिमानी लाई रारामा भब्य स्वागत गरिएकाे भनिएता पनि त्याे नभएकाे स्पष्टाेति दिएकि छन् । उनले भनिन् आफू लगायत केही महिलाहरु हिमानि लाई स्वागत गर्न नगएर आफ्नै कामले रारा तालमा रहेकाे छाप्रु महादेव मन्दिरमा देवता हेराउन गएकाे बताएकि हुन् । उनले थपिन हिमानी सँग पछाडि तिर उभिएकाे मात्र हुँ , मैले तस्बिर पनि खिचेकाे छैन , सम्बन्ध पनि राखेकाे छैन , नेत्री मल्लले भनिन् कसले तस्बिर खिचेर मलाई बदनाम गर्न खाेजिएकाे भन्दै दुख ब्यक्त गरेकि छन् ।
राजसंस्थाको पक्षमा आफू नउभिएकाे , कुनै सर्मथन पनि नरहेकाे अहिलेको गणतन्त्र लाई सर्मथन रहेकाे पनि जनाएकि छन् । जुम्लाको मणिसाँघु गाउँमा हिमानी कोषको एक करोड ५० लाख लगानीमा बन्ने प्रसुति गृहको शिलान्यास गरेर सोमवार मात्र मुगु गमगढी बजार पुगेकि हिमानीले मंगलवार रारा तालमा पुगि भुमि पुजा गरेकि थिईन ।
