निओ फ्युजन ओपन रोभर÷रेञ्जर क््रयुका रोभर स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न


असार १, २०८२, आइतबार | साँझ ०५:२४ बजे | 75


निओ फ्युजन ओपन रोभर÷रेञ्जर क््रयुका रोभर स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न

भक्तपुर ३१ जेठ, निओ फ्युजन स्कुल अफ कम्प्युटरद्वारा सञ्चालित निओ फ्युजन ओपन रोभर÷रेञ्जर क््रयुमा नव आगन्तुक रोभर रेञ्जरहरुलाई स्काउट विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 
    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रशिक्षक तथा अग्रज स्काउट रामगोपाल कर्माचार्यले आजको विदेशीने समयमा स्काउट शिक्षा निकै महत्वपूर्ण भएको बताउनु भयो । राष्ट्रप्रतिको प्रेम, स्नेह तथा जिम्मेवारी स्काउट शिक्षाले दिने बताउनु भयो जसले गर्दा देशप्रेमी भएर स्वदेशमै सेवा भावले काम गर्ने बताउनु भयो । युवाहरुलाई लक्षित गरेको यो रोभर रेञ्जर क््रयुको थालनीले स्काउटको युवा समुहको भेला हो । यसले युवालाई आफ्नो कर्तव्य तथा छरछिमेक, टोल, जिल्ला र राष्ट्रप्रतिको जिम्मेवारी तथा कर्तव्यनिष्ट बनाउन रोभर शिक्षा निकै फलदायी हुने बताउनु भयो । समाजमा नवितम ज्ञान त होला तर विगतका कर्मलाई विर्सिदै जाँदा ठुलो हानी हुन सक्ने बताउनु भयो । कागजको मात्र ज्ञानले आजको युवाको भविष्य अनौलमा हुने बताउनु भयो । 
    कार्यक्रममा विशेष अतिथि स्थानीय स्काउट प्रमुख आयुक्त तथा रोभर लिडर बालकृष्ण बनमालाले युवाहरुमा बाहिरी ज्ञानको अभाव हुदैं जानुमा मोवाइल तथा एकाग्रहता नै प्रमुख कारण भएको बताउनु भयो । समाज तथा राष्ट्रप्रति आफ्ना कर्तव्य तथा जिम्मेवार हुनबाट पन्छिदै गएको बताउनु भयो । रोभर रेञ्जर समुह भन्नाले १६ वर्षदेखि २५ वर्षको स्काउटको तहलाई जनाउँछ बताउनु भयो । जुन समय खाउखाउ र लगाउ लगाउ उमेर हो । यो उमेरका विद्यार्थीहरुले जे काम गर्न पनि पछि नहत्ने बताउनु भयो । त्यसैले यस उमेरसमुहका विद्यार्थीहरुलाई स्काउटिङ्ग क्षेत्रमा समयापन गराउन सकेको खण्डमा भोलि आफु स्वयम जिम्मेवार हुने बताउनु भयो । 
    कार्यक्रमका सभापति निरञ्जन बेकोजुले आफुले स्काउट जीवन सुरु गर्दादेखि नै सफलता हासिल हुदैं आएको बताउनु भयो । इन्जिनियरिङ्ग क्षेत्र लागेका अरु साथीहरु जो स्काउटसंग समिलित नभएका र समिलित भएकामा फरक भएको बताउनु भयो । सानो कुरा होला अरुको सामुने निर्धक भएर बोल्ने तथा आफ्ना कुरा खुलस्त तारिकाले विनम्र भई बोल्ने तथा व्यवहारिक हुने । यहि कुरानै अहिलेका युवा तथा विद्यार्थीहरुमा कमी भएको बताउनु भयो । कार्यक्रममा स्थानीय सामुदायिक आयुक्त पुष्पा प्रजापति र रोभर लिडर सृजन लवजुले पनि बोल्नु भएको थियो । 

फोटोग्राफी तालिमको एक दिने कार्यशाला सम्पन्न
भक्तपुर ३१ जेठ, निओ फ्युजन स्कुल अफ कम्प्युटरको विविध निःशुल्क तालिमहरु मध्ये डिजिटल फोटोग्राफीका प्रशिक्षार्थीहरुलाई तालिम पछि एक दिने फोटोग्राफी कार्यशाला सम्पन्न गरिएको छ । 
कार्यक्रममा प्रशिक्षक बालकृष्ण बनमालाले भक्तपुरदेखि मुहानपोखरी, कलमसी र भक्तपुरसम्मको पदमार्ग गराउँदै क्यामेराको टेक्निकल पार्टहरुलाई व्यवहारिक रुपमा कसरी फोटोग्राफीमा ल्याउने सिकाउँदै कार्यशालालाई मुर्त रुप दिएको थियो । कार्यशालामा अहिले आन्तरिक पर्यटकले मुहानपोखरीमा गरिएका कार्यहरुको फोटोग्राफीमा कैद गर्न प्रोजेक्टको रुपमा दिएको थियो । जसमा अहिलेका नवयुवाहरुले निकै मनोरञ्जनका साथ सहभागीता जनाएको बनमालाले बताउनु भयो । 
    पहिला र अहिलेका फोटोग्राफरको सोच विकासमा फरकता पाएको तथा नयाँ टेक्निकल विषयमा आजभोलिका विद्यार्थीहरुमा केहि छिटो टिप्न सक्ने कार्यशालामा शिक्षा पाएको छ । फोटोले शब्दले व्यक्त गर्न नसकिएका कुठिएका कुराहरु स्पर्शसंग बताउनु सक्ने तथा नयाँ तरिकाले पुराना कुरालाई कसरी ल्याउने उद्देश्य कार्यशालाको रहेका छन् । कार्यशालामा विभिन्न जिल्लाका विद्यार्थीहरुको सहभागिता रहेको आयोजक समितिले जनाएको छ । १६ जना नयाँ प्रशिक्षार्थीहरुले कार्यशालामा सहभागिता लिएको थियो । कार्यशालामा भक्तपुरदेखि कलमसीसम्मका व्यक्तिहरुको दैनिक जीवनयापनका फोटो कैद गरिएको छ । 

Comments