यसो भन्छन् पताञ्जलि जग्गा वेच्नेहरु


असार १, २०८२, आइतबार | विहान ०८:०७ बजे | 830


यसो भन्छन् पताञ्जलि जग्गा वेच्नेहरु

साँंगा । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं १४ नासिकास्थानबासीहरुले आयुर्वेदिक औषधि उत्पादन, आयुर्वेदिक अस्पताल, गाईफार्म आदि प्रायोजनका लागि आफूहरुले विक्री गरेको जग्गामा अहिलेसम्म पनि केही पनि काम नभएको भन्दै दुःख व्यक्त गरेका छन् । तत्कालिन काभ्रेपलान्चोक जिल्लाको नासिकास्थान गाउँं विकास समिति ६ बासीहरुले जग्गा बेचेको दुई दशक भइसक्दा पनि आफूहरुले वेचेको जग्गा बेचविखन गरी पैसा कमाउने भाडो बनाएको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् । 
आफूहरुले फाइदै फाइदा हुने आश्वासनमा जग्गा बेचेको तर अहिलेसम्म स्थानीय फाइदा शुन्यमा वस्नुपरेको भन्दै उनीहरुले दुःख व्यक्त गरेका हुन् । स्थानीयका अनुसार आयुर्वेदिक औषधि उत्पादन, अस्पताल, गाई फार्म आदि बनाई स्थानीयलाई रोजगारी दिने, ठाउँंको विकास गर्नेलगायतका आश्वासनपछि स्थानीयले कौडीको भाउमा जग्गा विक्री गरेका थिए । तर वेचविखन भएको यत्रो वर्ष भइसक्दा पनि आफूहरुले बेचेको जग्गा जस्ताको तस्तै वरु वेचविखन गरेकोमा उनीहरुको आपति छ । 
नागरिककर्मी नासिकास्थान पुग्दा बस्ती भन्दा माथि बाख्रा चराउन बसेका कृष्णबहादुर लामाले जे प्रायोजनका लागि जग्गा किनेको हो, त्यो नगरी बरु बेचविखन गरेर पैसा कमाउने धन्दा चलाउँंदा पनि आफूहरुले केही गर्न नसकेको बाध्यता पोखे । 
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले तत्कालिन समयमा पटकपटक गरी त्यहाको आठ सय १५ रोपनी जग्गा जोडेको थियो । तत्कालिन समयमा रोपनीको ५० हजारको हाराहारीमा खरिद गरेको जग्गामा अहिलेसम्म केही काम नगरी किनवेच मात्रै हुने गरेको स्थानीयले बताए । 
स्थानीयका अनुसार ८१५ रोपनीको यो क्षेत्रफलमा वस्ती छैन । पहाडी क्षेत्रमा रहेको यो ठाउँं अहिले पूरै घासविरुवाको हरियालीमा छ । यो ठाउँं काभ्रेको साँंगाबाट दक्षिणमा पर्दछ । अरनिको राजमार्ग अन्तर्गत साँंगाबाट झण्डै एक किलोमिटर माथि पुगेपछिको क्षेत्र नै पताञ्जलिले किनेको जग्गाका क्षेत्रहरु हुन् ।
नियम नै परिवर्तन गरेर सामाजिक र आयुर्वेदिक कम्पनी तथा उपचार र अध्ययन केन्द्र स्थापना गर्ने भन्दै सयौं रोपनी जग्गा लिएर करोडौंमा बिक्री गरेको देखिएको भन्दै विशेष अदालतमा झण्डै दुई हप्ता अघि यी जग्गाबारे मुद्दा दायर भएको थियो । यसपछि यो जग्गा चर्चामा आएको थियो । आर्युबेदिक प्रयोजनका लागि किनेको यो जमिन बेचविखन गरेपछि अहिले १ सय १८ जनाको नाममा रहेको बताइएको छ । 
बनेपा नगरपालिका वडा नं १४ नासिकास्थानका वडा अध्यक्ष टुल्कु लामाका अनुसार पछिल्लो तीन वर्षदेखि यहाँंको जग्गा वेचविखन भएको छैन । जग्गा वेचबिखनका लागि वडामा कोही पनि सिफारिस लिन नआएको वडा अध्यक्ष लामाले जनाए । 
लामा पछिल्लो स्थानीय निकायको निर्वाचनमा जितेपछि तीनवर्षदेखि वडा अध्यक्षको कार्यभारमा छन् । यसअघिको पाँंच वर्षको कार्यकालमा भने अर्कै व्यक्ति वडा अध्यक्ष थिए । त्यो भन्दा अघि भने यो ठाउँं नासिकास्थान गाउँंपालिका थियो । 
अर्का स्थानीय युवा उतम केसीले स्थानीयले गाउँकै जनजीवनमा परिवर्तन होला भनी जग्गा बिक्री गरेको तर अहिलेसम्म टसमस पनि नभएको बताए । यसकारण गाउँंलेहरु निराश बनेको उनको भनाई छ । 
यस्तो हो नालीबेली 
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले ७ सय रोपनी जग्गा माग गरेर २०६४ पुस ९ गते सरकारलाई निवेदन दिएको थियो । त्यतिखेर ठूला उद्योगलाई ४ सय रोपनीसम्म मात्रै जग्गा लिनसक्ने हदबन्दी कायम गरिएको थियो । तर, आयुर्वेदजस्तो सामाजिक संस्थाले माग गरेको भन्दै सरकारका सबै निकायले हदबन्दी हटाए । भूमिसम्बन्धि नियममा हदबन्दी हटाएर लिएको जमिन जुन प्रयोजनका लागि खरिद गरेको हो, त्योभन्दा अन्यमा प्रयोग गर्न पाइँदैन । तर, कानुन मिच्दै पतञ्जलिले जमिन बिक्री ग¥यो । 
कहिले के भएको थियो ?

२०६४ पुस २० ः काठमाडौं बौद्ध ठेगाना राखेर पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी दर्ता
२०६६ माघ १८ ः माधवकुमार नेपाल सरकारको मन्त्रिपरिषद्द्वारा ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति
२०६६ फागुन १७ ः पतञ्जलीका नेपाल प्रमुख शालीग्राम सिंहद्वारा हदबन्दी छुटको जग्गा बेच्न पाउन स्वीकृति माग्दै भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई निवेदन
२०६६ चैत ३ ः ‘प्रधानमन्त्री नेपालको निर्देशानुसार’ भन्दै मन्त्री श्रेष्ठद्वारा पतञ्जलीले हदबन्दी छुटको जग्गा बेच्न पाउने मन्त्रिपरिषद्मा प्रस्ताव
२०६६ चैत ६ ः पतञ्जलीले हदबन्दी छुटको जग्गा बेच्ने पाउने मन्त्रिपरिषद्को निर्णय
२०६६ चैत १७ ः निर्णय गैरकानुनी भन्दै भूमिसुधार विभागका महानिर्देशक केशरबहादुर बानियाँद्वारा कार्यान्वयन गर्न नसकिने जवाफ दिएर मन्त्रालयलाई पत्र
२०६६ चैत १८ ः तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालद्वारा पतञ्जलीले धुलिखेलमा ८८ रोपनी जग्गा किनेर त्यसमा बनाउन लागेको संरचनाको शिलान्यास
२०६६ चैत २६ ः हदबन्दी छुट जग्गा बिक्री गर्ने स्वीकृतिलाई चुनौती दिएको भन्दै मन्त्रिपरिषद्द्वारा महानिर्देशक बानियाालाई स्पष्टीकरण सोध्ने निर्णय
२०६६ चैत २७ ः बानियाालाई हटाएर मन्त्रालयका सहसचिव जितबहादुर थापालाई विभागका महानिर्देशकको जिम्मेवारी
२०६६ चैत २७ ः जिम्मेवारी सम्हालेकै दिन थापाद्वारा हदबन्दी छुट जग्गा बिक्रीका लागि स्वीकृति दिन मालपोत कार्यालय काभ्रेलाई पत्र
२०६७ असार ११ ः पतञ्जलीद्वारा काष्ठमण्डप बिजिनेस होम्स प्रालिलाई ३५३ रोपनी १५ आना जग्गा बिक्री
२०८१ साउन–चैत ः हदबन्दी छुट जग्गा किनबेच निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललगायतसँग अख्तियारको बया
२०८२ जेठ २२ ः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर

त्यतिमात्रै होइन, २०६५ सालमा पतञ्जलिले देशका अन्य स्थानमा पनि अध्ययन केन्द्र, प्रशोधन केन्द्र तथा आयुर्वेदका लागि आवश्यक जडिबुटी उत्पादनका लागि भन्दै थप २ हजारदेखि २५ सय रोपनी जग्गा माग गरेको थियो । २०६६ माघ १८ गते प्रधानमन्त्री कार्यालयले दाङमा ७५ विगाहा, लम्जुङमा ३ सय रोपनी, काठमाडौं उपत्यकामा १ सय ५० रोपनी, स्याङजामा २५०, काभ्रेमा ८ सय १५ रोपनी, चितवनमा १५ विगाहा, धनुषामा २५ विगाहा, तथा बारा र पर्सामा गरि ४० विगाहा जमिन खरिद गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश ग¥यो । जसअनुसार मन्त्रिपरिषदले २०६६ चैत ६ गते जग्गा खरिद गर्न दिने निर्णय ग¥यो । ती जग्गा बिक्री गर्नु परे त्यति नै रकम बराबरको जमिन अन्य स्थानमा खरिद गर्नु पर्ने सर्त राखियो, जसमा पतञ्जलीका तर्फबाट शालिकराम सिंहले २०६७ मा हस्ताक्षर गरे । तर पतञ्जलिले उक्त सर्तमा हस्ताक्षर गर्नुअघि नै अर्थात् पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको नाममा काभ्रेको सांगा, महेन्द्र ज्योति र चलालगणेशस्थानमा २०६६ माघ १८ भन्दा अगाडि नै ५ सय ५७ रोपनी जग्गा खरिद गरिसकेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । यदि पतञ्जलिले आयुर्वेदसम्बन्धि संस्था तथा उत्पादन केन्द्रका लागि भनेर लिएको जमिन अन्यत्र बिक्री गरेमा त्यसको जानकारी हरेक वर्ष काभ्रेस्थित मालपोत कार्यालयमा गराउनु पर्ने थियो । 
कम्पनीले सरकारसँग हदबन्दी छुट लिएर खरिद गरेको साँगास्थित ४ सय रोपनी जग्गा २०६६ भदौ ११ गते काष्ठमण्डप बिजनेस होम्सलाई बिक्री गर्ने निर्णय गरेको थियो । पतञ्जलिले ४ सय रोपनी जग्गा प्रतिरोपनी १० लाखका दरले ४० करोडमा बिक्री गर्ने सहमति भएको थियो । उक्त जग्गा बिक्री गरेर त्यति नै रकम बराबरको जग्गा अर्को स्थानमा खरिद गर्नुपर्ने भएपनि मालपोतकै तथ्यााकमा ३ सय ५३ रोपनी ४ करोड २२ लाखमा विक्रि गर्दा जम्मा १ करोड ७ लाखको मात्रै जमिन खरिद गरेको देखिएको छ । जबकि पतञ्जलीले हदवन्दि छुट लिएर आयुर्वेदसम्बन्धी सामाजिक कम्पनीहरु स्थापना गर्ने र ति जग्गा बिक्री गरे त्यति नै बराबरको खरिद गर्नु पर्ने थियो । जसबाट पतन्जलिले सबै सर्त उल्लंघन गरेको देखिएको छ । सरकार आफैंले सामाजिक उद्देश्यका लागि भन्दै सयौं रोपनी जग्गा खरिद बिक्रीको अनुमति दिएर ती स्थानमा स्थापना गरिन्छन् भनिएका संस्थाहरु स्थापना भयो कि भएन सरकारी निकायले खोजी गरेको देखिादैन । 
अहिले ती सबै स्थानका जग्गा व्यावसायिक प्रयोजनमा बिक्री भएर निजी आवास बनिसकेका छन् । सांगा, महेन्द्रज्योतिमा पतञ्जलीले बिक्रि गरेको जग्गा कित्ताकाट गरेर विक्री हुादै १ सय १८ जनाको नाममा पुगेको छ । ललितानिवास जस्तै सरकारबाट छुट लिएर एउटा उद्देश्यका लागि खरिद गरेर दुरूपयोग र बिक्री गरिएको जग्गा फिर्ता आउाँछ कि आउादैन भन्ने चासो छ । 
बालुवाटारस्थित सरकारी जग्गा माफियाको योजनाअनुसार बिक्री भएर अहिले निजी आवास बनाएर बस्नेहरू जसरी अप्ठेरोमा परेका छन्, त्यसरी नै पतञ्जलिले बिक्री गरेको जमिन के हुन्छ भन्ने विषय अदालतको फैसलाले नै टुंगो लगाउनु पर्ने छ ।
 

Comments