स्मरण शक्ति कसरी बढाउन सकिन्छ भन्ने बारेमा तालिम


जेठ ३१, २०८२, शनिबार | राति ०७:४८ बजे | 455


स्मरण शक्ति कसरी बढाउन सकिन्छ भन्ने बारेमा तालिम

ब्रेनपावर तालिम सम्पन्न
"एक विश्व एक आध्यात्मिक परिवार बनाउँ" स्वास्थ्य ,खुसी, आनन्द  प्रेम अनि ज्ञानपूर्ण जिन्दगी जिउ भन्ने पवित्र भाव बोकेको श्रीहरी सेल्फ रियलाइजेसन फाउन्डेसनको २० वटा  तालिमहरूमध्ये स्मरण शक्ति (ब्रेनपावर) कसरी बढाउन सकिन्छ भन्ने बारेमा ज्ञानका लागि ध्यान नामक तालिम सम्पन्न गरेको छ। 

भक्तपुर सूर्यविनायक नगरपालिका सिपाडोल स्थित रुबी भ्याली स्कुलको कक्षा ८ , ९ र १० का विद्यार्थीहरू एवं शिक्षक, शिक्षिकाहरूलाई जेष्ठ ३० गते शुक्रबार २ देखि ४ बजेसम्म शिक्षा,ज्ञान, सफलताको लागि ध्यान कार्यक्रमको आयोजना गरेको थियो l

लामो समयदेखि योग ध्यानमा अभ्यास गर्दै आउनुभएका शिक्षिका मनिषा भुजुद्वारा संयोजित रत्नबहादुर राई प्रधान अध्यापक सहित विद्यार्थी र शिक्षक शिक्षिकाहरू लाई फाउन्डेसनका अध्यक्ष चन्द्रहरी कायस्थले ज्ञानका लागि सम्पूर्ण व्यक्तिलाई ध्यान आवश्यक भएको बताउनुभयो।
ध्यानकै कमीले गर्दा एउटै कक्षामा शिक्षकले पढाउँदा कोही विद्यार्थी प्रथम हुने र कोही फेल हुने गर्दछ।
त्यसको कारण ध्यानको कमी बताउँदै विभिन्न ध्यानविधिहरू को प्रयोगसँगै स्मरणशक्ति विकास गर्नको लागि मस्तिष्कमा समझदारी, काँधमा जिम्मेदारी, अनि हृदयमा इमान्दारिताका साथ अध्ययन, अध्यापन गर्नको लागि पनि प्रेरणा दिनुको साथै अनुशासितपूर्ण र प्रश्न गर्ने कला जीवनमा अँगाल्नुपर्ने बताउनुभयो। 
शिक्षित हुनु र ज्ञानी हुनुमा धेरै अन्तर भएको शिक्षित व्यक्ति नोकर बन्न सक्छ तर ज्ञानी व्यक्ति स्वयंको मालिक बन्छ र अरुलाई पनि मुक्त गर्नमा सहयोग गर्न मद्दत गर्छ जस्ता थुप्रैउदाहरणहरू दिएर सम्झाउनेसाथै जीवनमा एउटा लक्ष्य हुनुपर्ने र त्यसको लागि १२० दिनको SEE परीक्षाको लागि  दैनिकी बनाउन सिकाएको थियो।
अन्त्यमा धन्यवादको शब्द व्यक्त गर्दै स्कुलका प्रधानध्यापक रत्न बहादुर राईले माता,पिता र गुरुको कुरा मान्नु भएन भने ज्ञान प्राप्तिको कुनै मार्ग नहुने जस्ता थुप्रै उत्प्रेरणाका शब्दहरूबाट प्रेरित गर्दै फाउन्डेसनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू दिएर सहयोग गर्न आग्रह  गर्नुभएको थियो।
 

Comments