सिरुटारबाट ११ जना जुवाडेहरु पक्राउः एक लाख वढी रकम नियन्त्रणमा


जेठ ३१, २०८२, शनिबार | राति ०७:२२ बजे | 2790


सिरुटारबाट ११ जना जुवाडेहरु पक्राउः एक लाख वढी रकम नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं १ सिरुटारबाट शनिबार ११ जना जवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । साँंझ ४ बजे स्थानीय रामप्रसाद राउतको घरमा खेलमा हारजित हुने गरी जुवा तास खेलिरहेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जानकारी प्राप्त हुनासाथ परिसर भक्तपुरबाट टोली खटी गई जुवातास खेलिरहेका उनीहरुलाई ६ बुक तास र नगद रु.१,१०,७८०।–(एक लाख दश हजार सात सय असी) रुपैया सहित नियन्त्रणमा लिएको परिसरले जनाएको हो । उनीहरुलाई हाल परिसर भक्तपुरमा ल्याई अनुसन्धान भइरहेको जनाइएको छ । 
 

Comments