ब्लोदान भक्तपुरले प्रजापतिलाई सम्मान


जेठ ३१, २०८२, शनिबार | विहान ०६:४५ बजे | 270


ब्लोदान भक्तपुरले प्रजापतिलाई सम्मान

भक्तपुर, जेठ 

राम चन्द्र प्रजापति

विश्व रक्तदाता दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत  ब्लड डोनर्स एशोसियशन नेपाल भक्तपुर शाखाले रगत ,रक्तदाता संस्था र प्रयोगकर्ताको अन्तर सम्बन्ध विषयमा अन्तरक्रिया कार्यक्रम व्लोदान भक्तपुरका अध्यक्ष निर्मला सुवालको सभापतित्वमा भक्तपुर उद्योग बाणिज्य संघको सभाहल भनपा २  व्यासिमा सम्पन भयो। 

कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य सघ भक्तपुरका अध्यक्ष रोशनी धौबन्जारले आफू स्कुल पढ्दा विभिन्न खोप कार्यक्रम आउँदा  सियो देखि डरलाग्ने गरेको जसले गर्दा रक्तदान गर्न पनि डर लागेको कुरा स्मरणीय गराउनु भयो। आफू भक्तपुर उद्योग बाणिज्य संघको सदस्य रहदा आयोजक भएको बखत पहिलो पटक रक्तदान गरेर मैले पनि   रक्तदान  गरेको छु भन्न सकेको र उहाँले रक्तदान आफुले गरे अरुले पाउने र अरुले दान गरे आफुले पाउन सकिने त्यसैले रक्तदान गर्न आग्रह गर्नु भयो। पवित्र संस्थाको कार्यक्रम उद्योग बाणिज्य संघ्को आफ्नै सभहलमा आफू प्रमुख अतिथी भएर आउन पाउँदा मन पवित्र भएको महसुश भएको छ ।

प्रमुख अतिथि धोबन्जारले भनु भयो। कार्यक्रममा करिब ४५ मिनेट रगत के हो ? रक्तदान कसले गर्ने ,कसले नगर्ने किन गर्ने दान के हो रगतका बारे नेपाल रेडक्रस सोसाइटीका कर्मचारी सन्देश थापाले प्रष्ट्याउनु भयो। उहाँले नेपालमा ०.८ प्रतिशतले रक्तदान गर्ने गरेको अहिले २ प्रतिशतले रक्तदान गरे विरामिलाई  रगतको सहजरुपमा विरामिलाई रगत व्यवस्थापन गर्न सकिने बताउनु भयो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका अध्यक्ष परशुराम पाण्डेले आफू सामाजिक कार्यमा नियमित लागिरहेको रेडक्रसले विभिन्न सामाजिक कार्य गर्दै आएको जस मध्य रगत संकलन र वितरण पवित्र कार्य सहजरुपमा व्यवस्था पन गरिरहेको जानकारी गर्नु भयो। कार्यक्रममा कृष्ण प्रसाद अवाल, व्लोदान केन्द्रीय उपाध्यक्ष उज्ज्वल के सि व्लोदान भक्तपुरका सचिव सोहन रंजित लागएतले रगतको विकल्प रगत नै भएकोले सबैले रक्तदान गर्नु उत्प्रेरित हुनुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि रोशनी धौबन्जारले रक्तदान कार्यमा विभिन्न माध्यमले योगदान पुर्‍याउनु भएका सामाजिक अभियानता व्लोदान भक्तपुरका पूर्व कार्यबाहक अध्यक्ष राम चन्द्र प्रजापति नेरेसो जिल्ला शाखा भक्तपुरका पूर्व सभापति कृष्ण प्रसाद अवाल,राजुराम मुनकर्मी नारायण बहादुर बासुकला,पहलमान श्रेष्ठ,उत्तम कुस्मा र दामोदर मुनकर्मीलाई सम्मान पत्रले सम्मान गर्नु भएको भयो।

Comments