सुकुलढोकामा फलफूल तथा खाद्य पसल अनुगमन ः कस्तो देखियो त अवस्था ?
जेठ ३०, २०८२, शुक्रबार | दिउँसो ०३:०६ बजे | 230
भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोकामा फलपूmल तथा खाद्य पसलहरुमा बजार अनुगमन भयो ।
अनुगमनमा सुकुलढोका लक्ष्मी फलफूल पसल दर्ता प्रमाणपत्र नभएको दर्ता प्रमाणपत्र सहित तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो भने मुल्य सूचि राख्न, सरसफाईमा ध्यान दिन, तराजु नविकरण नभएकोले थान १ जफत गरियो र म्याद नाघेको सामानहरु, विग्रेको र कुहेको फलफूलहरु मेनिया जुस ३६ वटा फलफुल अंगुर, सुन्तला, आ“प १५ केजि जफत गरी नष्ट गरियो र पेटी र पेटी मुनि सामान नराख्ने निर्देशन दियो ।
श्रेष्ठ मिठाई पसल दर्ता प्रमाणपत्र पसलमा नभएकोले कागजात सहित तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो भने विग्रेको मिठाई ३ केजि नष्ट गरियो । त्यस्तै रोहित शाहको फलफुल पसल दर्ता गर्न र तराजु नविकरण गरी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो भने तराजु थान १ जफत गरियो । त्यस्तै अनिल शाहको फलफूल पसलमा दर्ता प्रमाणपत्र पसलमा नभएकोले कागजात सहित तराजु नविकरण गरी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो भने विग्रेको र कुहेको फलफूलहरु ५ केजि नष्ट गरियो । त्यस्तै जय माता जी फुड सेन्टर पनि अनुगमन गरेको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, बाणिज्य तथा उद्योग कार्यालयका राजु त्वानाबासुको सहभागिता थियो ।
.png)