कांग्रेस नेतृत्व द्धारा हिमानीलाई रारामा भब्य स्वागत


जेठ २८, २०८२, बुधबार | राति १०:१६ बजे | 1015


कांग्रेस नेतृत्व द्धारा हिमानीलाई रारामा भब्य स्वागत

मुगु २८ जेठ नेपाली कांग्रेस मुगुकाे केही नेतृत्व ले पूर्वयुवराज्ञी हिमानी शाह लाई रारामा भब्य स्वागत गरेको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारामा भुमि पुजा अर्थात टाटा दान गर्न रारा ताल पुगेकि हिमानी शाहलाई नेपाली कांग्रेस मुगुका ईतर अर्थात शेखर कोईराला पक्षधरका महासमिति सदस्य, भुमि अायाेग मुगुकि सदस्य एबं महिला नेत्री सुर्यदेवि मल्ल र नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि बिर्ख ब राेकाया ले पुर्व युवराज्ञी हिमानी शाह लाई रारा तालमा भब्य स्वागत गरेका हुन । उनीहरुले हिमानी लाई रारामा भब्य स्वागत गरेर छाप्रु महादेवको मन्दिरमा सहभागिता जनाएको प्रत्यक्ष तस्विरमा देखिन्छ । यसले गर्दा उनीहरु राजसंस्थाको पक्षमा उभिएको प्रस्ट देखिन्छ भने अहिलेको गणतन्त्र लाई असर्मथन गरेको कुरा पनि बुझिन्छ । जुम्लाको मणिसाँघु गाउँमा हिमानी कोषको एक करोड ५० लाख लगानीमा बन्ने प्रसुति गृहको शिलान्यास गरेर सोमवार मात्र मुगु गमगढी बजार पुगेकि हिमानीले मंगलवार रारा तालमा पुगि भुमि पुजा गरेकि थिईन । उक्त कार्यक्रममा नेपाली कांग्रेसका दुई महासमिति सदस्य मल्ल र रोकायाको सक्रिय सहभागिता रहेको थियो । सोही कार्यक्रमको अवसर गरेर उनीहरुले भब्य स्वागत गरेका छन् । महाधिबेशन प्रतिनिधि रोकायाले भने पुर्व युवराज्ञि शाह सँग सँगै तस्विर खिचाई राजतन्त्र लाई समर्थन गर्दे सामाजिक सञ्जालमा रंगाई रहेका छन् । ईतर पक्षधरका उनीहरुले राजसंस्था समर्थन मात्र हैन भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुको ) निर्वाचनमा पनि ईतर पक्षकाले सुशिल कुमार मल्ल लाई पार्टीको सिद्धान्त लाई अवेज्ञा गर्दे अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए । पार्टीको नियमविपरित काम गर्दे आई रहेको ईतर पक्षले पछिल्लो समय मुगु कांग्रेस लाई जनता माझ नकारात्मक सन्देश फैलाएको मुगु कांगे्रसका एक नेताले बताए ।

Comments